Surah Al-Baqara Verse 102 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraوَٱتَّبَعُواْ مَا تَتۡلُواْ ٱلشَّيَٰطِينُ عَلَىٰ مُلۡكِ سُلَيۡمَٰنَۖ وَمَا كَفَرَ سُلَيۡمَٰنُ وَلَٰكِنَّ ٱلشَّيَٰطِينَ كَفَرُواْ يُعَلِّمُونَ ٱلنَّاسَ ٱلسِّحۡرَ وَمَآ أُنزِلَ عَلَى ٱلۡمَلَكَيۡنِ بِبَابِلَ هَٰرُوتَ وَمَٰرُوتَۚ وَمَا يُعَلِّمَانِ مِنۡ أَحَدٍ حَتَّىٰ يَقُولَآ إِنَّمَا نَحۡنُ فِتۡنَةٞ فَلَا تَكۡفُرۡۖ فَيَتَعَلَّمُونَ مِنۡهُمَا مَا يُفَرِّقُونَ بِهِۦ بَيۡنَ ٱلۡمَرۡءِ وَزَوۡجِهِۦۚ وَمَا هُم بِضَآرِّينَ بِهِۦ مِنۡ أَحَدٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ وَيَتَعَلَّمُونَ مَا يَضُرُّهُمۡ وَلَا يَنفَعُهُمۡۚ وَلَقَدۡ عَلِمُواْ لَمَنِ ٱشۡتَرَىٰهُ مَا لَهُۥ فِي ٱلۡأٓخِرَةِ مِنۡ خَلَٰقٖۚ وَلَبِئۡسَ مَا شَرَوۡاْ بِهِۦٓ أَنفُسَهُمۡۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ
र त्यस चीजको पछि लागे जसलाई सुलैमानको राज्यकालमा शैतानहरूले पढ्ने गर्दथे । तर सुलैमानले बिल्कुलै कुफ्र गरेनन् बरु शैतानहरूले नै कुफ्र गर्दथे, तिनीहरूले मानिसहरूलाई जादू सिकाउँदथे जुन ‘‘बाबुल’’ शहरमा दुईजना फरिश्ता (अर्थात) हारुत र मारुतमाथि उतरेको थियो । ती दुवैले पनि कसैलाई तबसम्म केही सिकाउन्नथे जबसम्म यो भन्दैन्थे कि हामी त एउटा परीक्षणमा छौं, तिमी कुफ्रमा नलाग । फेरि पनि मानिसहले तिनीहरसित यस्तो (जाद) सिक्दथे जसबाट पति–पत्नीबीच सम्बन्ध–बिच्छेद भइहालोस् र वास्तवमा अल्लाहको इच्छा न भई, तिनीहरूले त्यसबाट कसैको केही बिगार्न सक्दैनन् । र यिनीहरूले यस्ता (मन्त्र) सिक्दथे जसले तिनलाई हानि पुर्याओस् र लाभ पुर्याउन नसकोस् । र तिनीहरू विश्वासका साथ जान्दछन् कि यस्ता कुराहरू लिनेहरूको परलोकमा केही अंश हुँदैन र त्यो निकृष्ट चीज हो जसको बदलामा तिनीहरूले आफ्ना ज्यान बेचिहाले । कति राम्रो हुन्थ्यो, यदि तिनीहरू यो कुरो जानेको भए ।