Surah Al-Baqara Verse 144 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraقَدۡ نَرَىٰ تَقَلُّبَ وَجۡهِكَ فِي ٱلسَّمَآءِۖ فَلَنُوَلِّيَنَّكَ قِبۡلَةٗ تَرۡضَىٰهَاۚ فَوَلِّ وَجۡهَكَ شَطۡرَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَحَيۡثُ مَا كُنتُمۡ فَوَلُّواْ وُجُوهَكُمۡ شَطۡرَهُۥۗ وَإِنَّ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ لَيَعۡلَمُونَ أَنَّهُ ٱلۡحَقُّ مِن رَّبِّهِمۡۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا يَعۡمَلُونَ
(हे मुहम्मद) मैले तपाईको मुख पटक–पटक आकाशतिर उठ्दै गरेको देख्दैछु । अब हामीले तपाईलाई यस किब्लातिर, ध्यानाकर्षण गराउँदैछौ जसबाट तपाई खुशी हुनु हुनेछ । तपाईले आफ्नो मुख मस्जिदे हराम (अर्थात् खानए–कअ्बा) तिर फर्काउनुस् र तपाई जहाँ भए पनि (नमाज पढ्ने बेलामा) त्यही मस्जिदतर्फ आफ्नो अनुहार फर्काउने गर्नुस् । किताब मान्नेहरूलाई यो कुरा राम्ररी थाहा छ कि अल्लाह तर्फबाट यो नै सत्य हो । र जुन काम यिनीहरू गर्दछन्, त्यसबाट अल्लाह अनभिज्ञ छैन ।