Surah Al-Baqara Verse 178 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraيَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُتِبَ عَلَيۡكُمُ ٱلۡقِصَاصُ فِي ٱلۡقَتۡلَىۖ ٱلۡحُرُّ بِٱلۡحُرِّ وَٱلۡعَبۡدُ بِٱلۡعَبۡدِ وَٱلۡأُنثَىٰ بِٱلۡأُنثَىٰۚ فَمَنۡ عُفِيَ لَهُۥ مِنۡ أَخِيهِ شَيۡءٞ فَٱتِّبَاعُۢ بِٱلۡمَعۡرُوفِ وَأَدَآءٌ إِلَيۡهِ بِإِحۡسَٰنٖۗ ذَٰلِكَ تَخۡفِيفٞ مِّن رَّبِّكُمۡ وَرَحۡمَةٞۗ فَمَنِ ٱعۡتَدَىٰ بَعۡدَ ذَٰلِكَ فَلَهُۥ عَذَابٌ أَلِيمٞ
हे मोमिनहरू ! तिमीलाई हत्या गरिएको मानिसको सम्बन्धमा किसास (समानताको कानून) को आदेश दिइएको छ स्वतन्त्र मानिसको बदलामा स्वतन्त्र मानिस र दासको सट्टा दास र स्त्रीको बदला स्त्री हो यदि हत्यारालाई हत्या गरिएको व्यक्तिको दाजु भाइको तर्फबाट क्षमादान गरिन्छ भने त्यस उपकारलाई स्वीकार गर्नुपर्छ । हत्या गरिएको वारिसलाई चित्त बुझ्दो तरिकाले माँग गरेमा उचित रूपमा क्षतिपूर्ति गर्नु पर्दछ । यो प्रतिपालकको तर्फबाट तिमीलाई सुविधा र कृपा हो । जसले यसपछि पनि सीमाको उल्लंघन गर्दछ, त्यसलाई कष्टदायक सजाय हुनेछ ।