Surah Al-Baqara Verse 184 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraأَيَّامٗا مَّعۡدُودَٰتٖۚ فَمَن كَانَ مِنكُم مَّرِيضًا أَوۡ عَلَىٰ سَفَرٖ فَعِدَّةٞ مِّنۡ أَيَّامٍ أُخَرَۚ وَعَلَى ٱلَّذِينَ يُطِيقُونَهُۥ فِدۡيَةٞ طَعَامُ مِسۡكِينٖۖ فَمَن تَطَوَّعَ خَيۡرٗا فَهُوَ خَيۡرٞ لَّهُۥۚ وَأَن تَصُومُواْ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ
(व्रतको समय) गणनाका केही दिनहरू हुन्, तर तिमीहरूमध्ये जुन मानिस विरामी छ अथवा यात्रामा छ, तब उसले अन्य दिनहरूमा व्रतको दिनको संख्या पूरा गरोस्, र सामर्थवानले (अति वृद्ध वा निको नहुने रोगको कारण ब्रत बस्ने क्षमता राख्दैन भने) तिनीहरूले व्रतको सट्टा एउटा गरिबलाई खाना खुवाउनु । यदि कुनै मानिस आफ्नो इच्छा अनुसार अझ बढी गर्दछ त त्यसको निम्ति झन् राम्रो हुनेछ । तर तिम्रो लागि व्रत बस्नु नै उत्तम काम हो यदि तिमी ज्ञानी छौ ।