Surah Al-Baqara Verse 187 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraأُحِلَّ لَكُمۡ لَيۡلَةَ ٱلصِّيَامِ ٱلرَّفَثُ إِلَىٰ نِسَآئِكُمۡۚ هُنَّ لِبَاسٞ لَّكُمۡ وَأَنتُمۡ لِبَاسٞ لَّهُنَّۗ عَلِمَ ٱللَّهُ أَنَّكُمۡ كُنتُمۡ تَخۡتَانُونَ أَنفُسَكُمۡ فَتَابَ عَلَيۡكُمۡ وَعَفَا عَنكُمۡۖ فَٱلۡـَٰٔنَ بَٰشِرُوهُنَّ وَٱبۡتَغُواْ مَا كَتَبَ ٱللَّهُ لَكُمۡۚ وَكُلُواْ وَٱشۡرَبُواْ حَتَّىٰ يَتَبَيَّنَ لَكُمُ ٱلۡخَيۡطُ ٱلۡأَبۡيَضُ مِنَ ٱلۡخَيۡطِ ٱلۡأَسۡوَدِ مِنَ ٱلۡفَجۡرِۖ ثُمَّ أَتِمُّواْ ٱلصِّيَامَ إِلَى ٱلَّيۡلِۚ وَلَا تُبَٰشِرُوهُنَّ وَأَنتُمۡ عَٰكِفُونَ فِي ٱلۡمَسَٰجِدِۗ تِلۡكَ حُدُودُ ٱللَّهِ فَلَا تَقۡرَبُوهَاۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ ءَايَٰتِهِۦ لِلنَّاسِ لَعَلَّهُمۡ يَتَّقُونَ
रोजाको (व्रतको) रात्रीमा तिमीलाई आफ्नो स्वास्नीसित सहवासको अनुमति दिइएको छ । तिनीहरू तिम्रा वस्त्र हुन् र तिमीहरू उनका वस्त्र हौ । अल्लाहलाई त्यस कुराको जानकारी छ जुन कि तिमीहरूले गोप्य रूपले गर्दथ्यौ । (तसर्थ) उसले तिमीमाथि कृपा गरी तिम्रो क्षमायाचना स्वीकार गरी तिम्रो क्रियाकलापहरूलाई क्षमा गरिदियो अब तिमीलाई सहवासगर्ने र अल्लाहले जे निर्धारित गरेको छ त्यस चीजको खोजी गर्ने इजाजत छ । तिमीले तबसम्म खान पीन गर जबसम्म कि प्रातःको सेतो धर्को (रातीको) कालो धर्कोबाट स्पष्ट भई नजाओस् । (फेरि व्रतबसी) साँझसम्म रोजा पूरा गर र जब तिमी मस्जिदहरूमा एतिकाफ (एकान्तमा उपासना) को लागि बसेका हुन्छौ, तब आफ्नो स्त्रीसित सहवास नगर । यी अल्लाहबाट निर्धारित गरिएका सीमा हुन्, तिनीहरू छेउ पनि नजानु । यस्तै किसिमले अल्लाह आफ्ना श्लोकहरू मानिसहरूलाई स्पष्टरूपमा वर्णन गर्दछ, ताकि तिनीहरू आत्मसंयमी बनुन् ।