Surah Al-Baqara Verse 189 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqara۞يَسۡـَٔلُونَكَ عَنِ ٱلۡأَهِلَّةِۖ قُلۡ هِيَ مَوَٰقِيتُ لِلنَّاسِ وَٱلۡحَجِّۗ وَلَيۡسَ ٱلۡبِرُّ بِأَن تَأۡتُواْ ٱلۡبُيُوتَ مِن ظُهُورِهَا وَلَٰكِنَّ ٱلۡبِرَّ مَنِ ٱتَّقَىٰۗ وَأۡتُواْ ٱلۡبُيُوتَ مِنۡ أَبۡوَٰبِهَاۚ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُفۡلِحُونَ
(हे मुहम्मद !) मानिसहरूले तपाईसँग चन्द्रको (घट–बढ) बारेमा सोध्छन्, भनिदिनु कि यो मानिसहरूको (पूजा) समय र हजको समय पत्ता लगाउने माध्यम हो । र नेकी यो होइन कि तिमी घरहरूको पछाडिबाट प्रवेश गर्नेगर, बरु नेकीवाला त्यो हो जो आत्मसंयमी हुन्छ, र घरहरूमा तिमी मूल ढोकाहरूबाट प्रवेश गर्नेगर र अल्लाहसँग डर मान्ने गर ताकि तिमी सफल हुन सक ।