Surah Al-Baqara Verse 196 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraوَأَتِمُّواْ ٱلۡحَجَّ وَٱلۡعُمۡرَةَ لِلَّهِۚ فَإِنۡ أُحۡصِرۡتُمۡ فَمَا ٱسۡتَيۡسَرَ مِنَ ٱلۡهَدۡيِۖ وَلَا تَحۡلِقُواْ رُءُوسَكُمۡ حَتَّىٰ يَبۡلُغَ ٱلۡهَدۡيُ مَحِلَّهُۥۚ فَمَن كَانَ مِنكُم مَّرِيضًا أَوۡ بِهِۦٓ أَذٗى مِّن رَّأۡسِهِۦ فَفِدۡيَةٞ مِّن صِيَامٍ أَوۡ صَدَقَةٍ أَوۡ نُسُكٖۚ فَإِذَآ أَمِنتُمۡ فَمَن تَمَتَّعَ بِٱلۡعُمۡرَةِ إِلَى ٱلۡحَجِّ فَمَا ٱسۡتَيۡسَرَ مِنَ ٱلۡهَدۡيِۚ فَمَن لَّمۡ يَجِدۡ فَصِيَامُ ثَلَٰثَةِ أَيَّامٖ فِي ٱلۡحَجِّ وَسَبۡعَةٍ إِذَا رَجَعۡتُمۡۗ تِلۡكَ عَشَرَةٞ كَامِلَةٞۗ ذَٰلِكَ لِمَن لَّمۡ يَكُنۡ أَهۡلُهُۥ حَاضِرِي ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ
अल्लाहको लागि हज र उमरा सम्पन्न गर, हो, यदि तिमीहरूलाई रोकिहालोस् तब जस्तो किसिमको बलि गर्न सक्छौ, गरिहाल । जबसम्म बलि आफ्नो ठाउँमा पुग्दैन, तबसम्म आफ्नो कपाल नफाल तर यदि तिमीहरूमध्ये कोही बिरामी छ, अथवा त्यसको टाउकोमा कुनै प्रकारको व्यथा छ, (र मुन्डन गराइदिन्छ) त त्यसको बदलामा व्रत बसोस् वा दान गरोस् वा कुर्बानी (बलि) गरोस् । फेरि जब तिमी अमनको अवस्थामा रहँदा (तिमीहरूमध्ये) जसले उमराको बेलादेखि हजसम्म लाभान्वित हुन चाहन्छ उसमा क्षमता छ भने कुर्बानी गरोस् र जसलाई कुर्बानी गर्ने क्षमता छैन उसले तीन दिनको उपवास हजका दिनहरूमा पूरा गरोस् र सात दिनको रोजा आफ्नो घर फर्केपछि । यी पूरा दश दिन भए । यो आदेश ती मानिसका लागि हो जो मक्काका बासिन्दा होइनन् । अल्लाहसँग डर्ने गर, र यादराख कि, अल्लाह कठोर सजाय दिनेवाला छ ।