Surah Al-Baqara Verse 197 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraٱلۡحَجُّ أَشۡهُرٞ مَّعۡلُومَٰتٞۚ فَمَن فَرَضَ فِيهِنَّ ٱلۡحَجَّ فَلَا رَفَثَ وَلَا فُسُوقَ وَلَا جِدَالَ فِي ٱلۡحَجِّۗ وَمَا تَفۡعَلُواْ مِنۡ خَيۡرٖ يَعۡلَمۡهُ ٱللَّهُۗ وَتَزَوَّدُواْ فَإِنَّ خَيۡرَ ٱلزَّادِ ٱلتَّقۡوَىٰۖ وَٱتَّقُونِ يَـٰٓأُوْلِي ٱلۡأَلۡبَٰبِ
हजका महीनाहरू निर्धारित छन् । तसर्थ यदि कुनै मानिसले यी महिनाहरूमा हजको नीयत गरिसकेको छ, भने उसले (हजका दिनहरूमा) स्वास्नीहरूसँग सहवास नगरोस् र न कुनै नराम्रो काम गरोस् र न कुनै मानिससँग झगडा गरोस् । र तिमीले जुन नेक काम गर्नेछौं, त्यो अल्लाहलाई थाहा हुनेछ । र आफ्नो साथमा यात्राको खर्च लिई हिंड । किनभने सबभन्दा राम्रो बाटो खर्च त अल्लाहको डर हो, हे बुद्धिमानहरू ! मसँग डर्ने गर ।