Surah Al-Baqara Verse 213 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraكَانَ ٱلنَّاسُ أُمَّةٗ وَٰحِدَةٗ فَبَعَثَ ٱللَّهُ ٱلنَّبِيِّـۧنَ مُبَشِّرِينَ وَمُنذِرِينَ وَأَنزَلَ مَعَهُمُ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ لِيَحۡكُمَ بَيۡنَ ٱلنَّاسِ فِيمَا ٱخۡتَلَفُواْ فِيهِۚ وَمَا ٱخۡتَلَفَ فِيهِ إِلَّا ٱلَّذِينَ أُوتُوهُ مِنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَٰتُ بَغۡيَۢا بَيۡنَهُمۡۖ فَهَدَى ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ لِمَا ٱخۡتَلَفُواْ فِيهِ مِنَ ٱلۡحَقِّ بِإِذۡنِهِۦۗ وَٱللَّهُ يَهۡدِي مَن يَشَآءُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٍ
(सबै) मानिसहरू एउटै सम्प्रदायका थिए । अल्लाहले शुभसन्देश दिन र भय सुनाउन सन्देशवाहकहरू पठायो, र तिनीहरूमाथि सच्चा ग्रन्थहरू उतार्यो जसबाट मानिसहरूबीचका सबै विवादहरूको निर्णय हुन सकोस् ! र, यसमा विवाद पनि आपसी शत्रुता र डाहको कारणले तिनै मानिसहरूले खडा गरे जसलाई किताब प्रदान गरिएको थियो, तिनीहरूसम्म स्पष्ट तर्कहरू आइसके पछि पनि विवाद उठाए । यसको लागि अल्लाहले आफ्नो इच्छा अनुसार त्यस विवादमा पनि मोमिनहरूलाई सत्यमार्गतर्फ मार्गदर्शन गर्यो र अल्लाह जसलाई चाहन्छ सोझो बाटो देखाइदिन्छ ।