Surah Al-Baqara Verse 219 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqara۞يَسۡـَٔلُونَكَ عَنِ ٱلۡخَمۡرِ وَٱلۡمَيۡسِرِۖ قُلۡ فِيهِمَآ إِثۡمٞ كَبِيرٞ وَمَنَٰفِعُ لِلنَّاسِ وَإِثۡمُهُمَآ أَكۡبَرُ مِن نَّفۡعِهِمَاۗ وَيَسۡـَٔلُونَكَ مَاذَا يُنفِقُونَۖ قُلِ ٱلۡعَفۡوَۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَتَفَكَّرُونَ
(हे पैगम्बर) मानिसहरूले मदिरा र जुवाका कानूनको सम्बन्धमा सोध्छन् । भनिदिनुस् यी ठूला पापकर्महरू हुन् र मानिसहरूका लागि यिनबाट केही सांसारिक फाइदा पनि छन्, तर तिनका हानिहरू(पाप) फाइदाभन्दा धेरै ठूला छन् । यो पनि तपाईसित सोध्छन् कि अल्लाहको मार्गमा कुन सम्पति खर्च गरुन् ? तपाई भनिदिनुस् कि (जुन माल) आवश्यकता भन्दा बढी छ । यसप्रकार, अल्लाह आफ्ना आदेशहरू स्पष्टरूपमा तिम्रो लागि वर्णन गर्दछ ताकि तिमीहरू सम्झने बुझ्ने गर ।