Surah Al-Baqara Verse 220 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraفِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۗ وَيَسۡـَٔلُونَكَ عَنِ ٱلۡيَتَٰمَىٰۖ قُلۡ إِصۡلَاحٞ لَّهُمۡ خَيۡرٞۖ وَإِن تُخَالِطُوهُمۡ فَإِخۡوَٰنُكُمۡۚ وَٱللَّهُ يَعۡلَمُ ٱلۡمُفۡسِدَ مِنَ ٱلۡمُصۡلِحِۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَأَعۡنَتَكُمۡۚ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ
दुनियाँ र परलोकका कुराको सम्बन्धमा, र अनाथहरूको बारेमा पनि सोध्छन्, तपाई भनिदिनुस् कि जसमा तिनीहरूको (आर्थिक) सुधार होस्, त्यो नै राम्रो छ । तिमीहरूले उनीहरूको माल आफ्नो मालसंग भण्डारण गर्नुमा पनि केही हर्ज छैन । किनभने तिनी तिम्रा दाजुभाइहरू हुन् । असल नीयत र बदनीयतलाई अल्लाह राम्ररी बुझ्दछ । यदि अल्लाहले चाहेको भए तिमीलाई कष्टमा पार्न सक्दथ्यो । निःसन्देह अल्लाह सक्षम र सर्वशक्ति सम्पन्न छ ।