Surah Al-Baqara Verse 231 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraوَإِذَا طَلَّقۡتُمُ ٱلنِّسَآءَ فَبَلَغۡنَ أَجَلَهُنَّ فَأَمۡسِكُوهُنَّ بِمَعۡرُوفٍ أَوۡ سَرِّحُوهُنَّ بِمَعۡرُوفٖۚ وَلَا تُمۡسِكُوهُنَّ ضِرَارٗا لِّتَعۡتَدُواْۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ فَقَدۡ ظَلَمَ نَفۡسَهُۥۚ وَلَا تَتَّخِذُوٓاْ ءَايَٰتِ ٱللَّهِ هُزُوٗاۚ وَٱذۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ عَلَيۡكُمۡ وَمَآ أَنزَلَ عَلَيۡكُم مِّنَ ٱلۡكِتَٰبِ وَٱلۡحِكۡمَةِ يَعِظُكُم بِهِۦۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
जब तिमीले स्वास्नीलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा भइसकेको छ भने तिनीहरूलाई या त न्यायोचित व्यवहारले निकाह अन्तर्गत नै रहन देऊ अथवा पूर्ण भद्रताका साथ बिदाई दिइहाल र अलमलमा पार्ने नीयतले तिनीहरूलाई निकाहमा नराख । जसले यस्तो गर्दछ, उसले आफैमाथि अन्याय गरेको हुन्छ । तिमीहरूले अल्लाहका आदेशहरूलाई हाँसो र ठट्टा नबनाऊ, र अल्लाहको तिमीहरूमाथि जुन उपकार छ, त्यसलाई स्मरण गर र तिमीलाई जे जति किताब र बुद्धिमानीका कुराहरू उसले प्रदान गरेको छ, जसबाट यस्तै तिमीलाई मार्गदर्शन गरिरहन्छ, तिनलाई पनि स्मरण गर र अल्लाहसित डर मान्नेगर, र जानिराख कि अल्लाह हरेक कुरो जान्दछ ।