Surah Al-Baqara Verse 246 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraأَلَمۡ تَرَ إِلَى ٱلۡمَلَإِ مِنۢ بَنِيٓ إِسۡرَـٰٓءِيلَ مِنۢ بَعۡدِ مُوسَىٰٓ إِذۡ قَالُواْ لِنَبِيّٖ لَّهُمُ ٱبۡعَثۡ لَنَا مَلِكٗا نُّقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِۖ قَالَ هَلۡ عَسَيۡتُمۡ إِن كُتِبَ عَلَيۡكُمُ ٱلۡقِتَالُ أَلَّا تُقَٰتِلُواْۖ قَالُواْ وَمَا لَنَآ أَلَّا نُقَٰتِلَ فِي سَبِيلِ ٱللَّهِ وَقَدۡ أُخۡرِجۡنَا مِن دِيَٰرِنَا وَأَبۡنَآئِنَاۖ فَلَمَّا كُتِبَ عَلَيۡهِمُ ٱلۡقِتَالُ تَوَلَّوۡاْ إِلَّا قَلِيلٗا مِّنۡهُمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِٱلظَّـٰلِمِينَ
के तिमीले बनी इस्राईलको मुखियाहरूलाई देखेनौं ? जसले मूसापछि आफ्ना पैगम्बरसित भने कि तपाईँले हाम्रो लागि एउटा राजा नियुक्त गरिदिनुस् ताकि हामी अल्लाहको मार्गमा धर्मयुद्ध गरौं । पैगम्बरले भने कि यदि तिमीहरूको लागि जिहादको आदेश अनिवार्य हुन्छ भने, बेर छैन कि युद्ध गर्न अस्वीकार गरिहाल । तिनीहरूले भन्नथाले कि हामी अल्लाहको मार्गमा किन युद्ध गर्दैनौं जब कि हामी आफ्ना वतनबाट निष्कासित र सन्तानहरूबाट अलग गरिएका छौं । फेरि जब तिनीहरूमाथि युद्धको आदेश आयो तब केही मानिसहरू बाहेक सबैले इन्कार गरिहाले, अल्लाह अत्याचारीहरूलाई राम्ररी चिन्दछ ।