Surah Al-Baqara Verse 247 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraوَقَالَ لَهُمۡ نَبِيُّهُمۡ إِنَّ ٱللَّهَ قَدۡ بَعَثَ لَكُمۡ طَالُوتَ مَلِكٗاۚ قَالُوٓاْ أَنَّىٰ يَكُونُ لَهُ ٱلۡمُلۡكُ عَلَيۡنَا وَنَحۡنُ أَحَقُّ بِٱلۡمُلۡكِ مِنۡهُ وَلَمۡ يُؤۡتَ سَعَةٗ مِّنَ ٱلۡمَالِۚ قَالَ إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰهُ عَلَيۡكُمۡ وَزَادَهُۥ بَسۡطَةٗ فِي ٱلۡعِلۡمِ وَٱلۡجِسۡمِۖ وَٱللَّهُ يُؤۡتِي مُلۡكَهُۥ مَن يَشَآءُۚ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ
र तिनीहरूको, पैगम्बरले तिनीहरूसित भने कि अल्लाहले तिम्रा लागि ‘‘तालूत’’ लाई (राजा) नियुक्त गरेको छ । तिनीहरूले भने कि त्यसलाई हामीमाथि शासन गर्ने अधिकार कसरी हुन सक्दछ, राजसत्ताको अधिकारी त हामी हौं र त्योसँग त धेरै धन सम्पत्ति पनि छैन । नबीले भने कि अल्लाहले त्यसलाई तिमीहरूमाथि चुनेको छ तथा उसलाई बढी ज्ञान र शारीरिक शक्ति प्रशस्त प्रदान गरेको छ । कुरो यो छ कि अल्लाहले जसलाई चाहन्छ राजगद्दी प्रदान गर्दछ । त्यो सर्वव्यापी र सर्वज्ञाता छ ।