Surah Al-Baqara Verse 25 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraوَبَشِّرِ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ أَنَّ لَهُمۡ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ كُلَّمَا رُزِقُواْ مِنۡهَا مِن ثَمَرَةٖ رِّزۡقٗا قَالُواْ هَٰذَا ٱلَّذِي رُزِقۡنَا مِن قَبۡلُۖ وَأُتُواْ بِهِۦ مُتَشَٰبِهٗاۖ وَلَهُمۡ فِيهَآ أَزۡوَٰجٞ مُّطَهَّرَةٞۖ وَهُمۡ فِيهَا خَٰلِدُونَ
र, आस्था राख्ने र असल काम गर्ने मानिसहरूलाई स्वर्गको शुभसमाचार दिनु जसमुनि नहरहरू बगिराखेका छन् । जब तिनीहरूलाई फलको आहार दिइने छ । तब तिनले भन्नेछन्, यी त तिनै हुन् जुन हामीलाई पहिला दिइएको थियो । ती मिल्दो जुल्दो फल हुनेछन् र त्यहाँ तिनीहरूका लागि पाक–पवित्र पत्नीहरू हुनेछिन् र तिनीहरू सधैं त्यहीं बस्नेछन् ।