Surah Al-Baqara Verse 253 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqara۞تِلۡكَ ٱلرُّسُلُ فَضَّلۡنَا بَعۡضَهُمۡ عَلَىٰ بَعۡضٖۘ مِّنۡهُم مَّن كَلَّمَ ٱللَّهُۖ وَرَفَعَ بَعۡضَهُمۡ دَرَجَٰتٖۚ وَءَاتَيۡنَا عِيسَى ٱبۡنَ مَرۡيَمَ ٱلۡبَيِّنَٰتِ وَأَيَّدۡنَٰهُ بِرُوحِ ٱلۡقُدُسِۗ وَلَوۡ شَآءَ ٱللَّهُ مَا ٱقۡتَتَلَ ٱلَّذِينَ مِنۢ بَعۡدِهِم مِّنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَٰتُ وَلَٰكِنِ ٱخۡتَلَفُواْ فَمِنۡهُم مَّنۡ ءَامَنَ وَمِنۡهُم مَّن كَفَرَۚ وَلَوۡ شَآءَ ٱللَّهُ مَا ٱقۡتَتَلُواْ وَلَٰكِنَّ ٱللَّهَ يَفۡعَلُ مَا يُرِيدُ
यी पैगम्बरहरू हुन् । तिनीहरूमध्ये हामीले केहीमाथि केहीलाई प्रधानता प्रदान गरेका छौं । केही यस्ता छन् जोसित अल्लाहले कुरा गर्यो र केहीका दर्जा उच्च बनायो र मरियमको पुत्र ईसालाई चमत्कारहरू प्रदान गर्यो र रूहुल्कुद्सद्वारा (पवित्र आत्मा) उनलाई मद्दत पुर्यायो । यदि अल्लाहले चाहेको भए, तिनीभन्दा पहिलेका मानिसहरू आफ्नाछेउ निशानीहरू आइसकेपछि आपसमा कदापि युद्ध गर्दैनथे, तर तिनीहरूले मतभेदका कुरा गरे, तिनीहरूमध्ये केही त आस्तिक भइहाले र केही काफिर (नास्तिक) नै रहे । र यदि अल्लाहले चाहेको भए यी मानिसहरू आपसमा लड्ने थिएनन्, तर अल्लाहले जे चाहन्छ, गर्दछ ।