Surah Al-Baqara Verse 255 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡحَيُّ ٱلۡقَيُّومُۚ لَا تَأۡخُذُهُۥ سِنَةٞ وَلَا نَوۡمٞۚ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ مَن ذَا ٱلَّذِي يَشۡفَعُ عِندَهُۥٓ إِلَّا بِإِذۡنِهِۦۚ يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡۖ وَلَا يُحِيطُونَ بِشَيۡءٖ مِّنۡ عِلۡمِهِۦٓ إِلَّا بِمَا شَآءَۚ وَسِعَ كُرۡسِيُّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۖ وَلَا يَـُٔودُهُۥ حِفۡظُهُمَاۚ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡعَظِيمُ
अल्लाह नै वास्तवमा सत्य पूजनीय छ, उसबाहेक अरु कोही पूज्य छैन । (ऊ) सधैं जीवित रहनेवाला र सबैलाई थाम्न सक्नेवाला छ । उसलाई न अल्छी लाग्छ न निद्रा आउँछ, जे जति आकाशमण्डलमा छन् र जे धरतीमा छ, सबै उसैको हो । को छ जसले उसको अनुमति बिना उसँग कसैको सिफारिश गर्न सकोस् । जे जति उनको अगाडि छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, उसलाई सबै थाहा छ, र तिनीहरूले उसको ज्ञानको केही अंशको पनि घेराबन्दी गर्न सक्दैनन्, हो उसले चाहेको हदसम्म मात्र । उसको कुर्सीले आकाशमण्डल र धरतीलाई घेरी राखेको छ र अल्लाहले उनको रक्षा गर्नुबाट थाक्दैन र नत दिक्क मान्छ । ऊ त सबैभन्दा ठूलो र सर्वोच्च छ ।