Surah Al-Baqara Verse 264 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraيَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تُبۡطِلُواْ صَدَقَٰتِكُم بِٱلۡمَنِّ وَٱلۡأَذَىٰ كَٱلَّذِي يُنفِقُ مَالَهُۥ رِئَآءَ ٱلنَّاسِ وَلَا يُؤۡمِنُ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۖ فَمَثَلُهُۥ كَمَثَلِ صَفۡوَانٍ عَلَيۡهِ تُرَابٞ فَأَصَابَهُۥ وَابِلٞ فَتَرَكَهُۥ صَلۡدٗاۖ لَّا يَقۡدِرُونَ عَلَىٰ شَيۡءٖ مِّمَّا كَسَبُواْۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡكَٰفِرِينَ
हे आस्थावानहरू! आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई कष्ट दिएर बर्बाद नगर । जसरी एउटा मानिसले अरु मानिसहरूलाई देखाउनको निम्ति आफ्नो सम्पत्ति खर्च गर्दछ र उसले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दैन । उसको उदाहरण त्यस सफा ढुँगा जस्तो छ, जसमाथि माटोको पात्लो तह जमेको हुन्छ र त्यसमाथि ठूलो वृष्टि भई त्यसलाई एकदम सफा गरिदिन्छ । यी मानिसहरूलाई आफ्ना कर्महरूको प्रतिफल प्राप्त हुनेछैन र अल्लाहले यस्ता कृतघ्नहरूलाई मार्गनिर्देशन गर्दैन ।