Surah Al-Baqara Verse 272 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqara۞لَّيۡسَ عَلَيۡكَ هُدَىٰهُمۡ وَلَٰكِنَّ ٱللَّهَ يَهۡدِي مَن يَشَآءُۗ وَمَا تُنفِقُواْ مِنۡ خَيۡرٖ فَلِأَنفُسِكُمۡۚ وَمَا تُنفِقُونَ إِلَّا ٱبۡتِغَآءَ وَجۡهِ ٱللَّهِۚ وَمَا تُنفِقُواْ مِنۡ خَيۡرٖ يُوَفَّ إِلَيۡكُمۡ وَأَنتُمۡ لَا تُظۡلَمُونَ
तिमी तिनीहरूको मार्गनिर्देशनको लागि जिम्मेवार छैनौ, बरु अल्लाहले नै जसलाई चाहन्छ, मार्गनिर्देशन गर्दछ । र तिमीले जुन असल माल खर्च गर्नेछौ, त्यसको फाइदा तिमीलाई नै हुनेछ । र तिमीले अल्लाहको सदिच्छा हासिल गर्न मात्र खर्च गर्नुपर्दछ । तिमीले जेजति खर्च गर्छौ, त्यसको पूरा प्रतिफल तिमीलाई दिइनेछ र तिम्रो कुनै प्रकारको हक मारिने छैन ।