Surah Al-Baqara Verse 275 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraٱلَّذِينَ يَأۡكُلُونَ ٱلرِّبَوٰاْ لَا يَقُومُونَ إِلَّا كَمَا يَقُومُ ٱلَّذِي يَتَخَبَّطُهُ ٱلشَّيۡطَٰنُ مِنَ ٱلۡمَسِّۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَالُوٓاْ إِنَّمَا ٱلۡبَيۡعُ مِثۡلُ ٱلرِّبَوٰاْۗ وَأَحَلَّ ٱللَّهُ ٱلۡبَيۡعَ وَحَرَّمَ ٱلرِّبَوٰاْۚ فَمَن جَآءَهُۥ مَوۡعِظَةٞ مِّن رَّبِّهِۦ فَٱنتَهَىٰ فَلَهُۥ مَا سَلَفَ وَأَمۡرُهُۥٓ إِلَى ٱللَّهِۖ وَمَنۡ عَادَ فَأُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
जुन मानिसहरू व्याज खान्छन् तिनी (चिहानहरूबाट) यस प्रकारले (भ्रमित भई) उठ्ने छन् जस्तो कि शैतानले छोएको पागल होस् । यो यस कारणले कि तिनीहरूले भन्ने गर्दथे कि व्यापार गर्नु पनि त यस्तै छ, जस्तो कि ब्याज (लिनु) । तर व्यापारलाई अल्लाहले हलाल (ग्राह्य) बनाएको छ र ब्याजलाई हराम । जुन मानिसले आफ्नो छेउ अल्लाहको निर्देशन पुगेपछि (ब्याज लिन) त्यागिदियो भने जेजति भइसकेको छ, त्यसको माफी पाउनेछ । र त्यसको निर्णय अल्लाहले गर्नेछ । र यदि फेरि (व्याज) लिन थाल्यो भने, त्यस्ता मानिसहरू नारकीय हुनेछन्, र सधैं नर्कमा रहने छन् ।