Surah Al-Baqara Verse 282 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraيَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا تَدَايَنتُم بِدَيۡنٍ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى فَٱكۡتُبُوهُۚ وَلۡيَكۡتُب بَّيۡنَكُمۡ كَاتِبُۢ بِٱلۡعَدۡلِۚ وَلَا يَأۡبَ كَاتِبٌ أَن يَكۡتُبَ كَمَا عَلَّمَهُ ٱللَّهُۚ فَلۡيَكۡتُبۡ وَلۡيُمۡلِلِ ٱلَّذِي عَلَيۡهِ ٱلۡحَقُّ وَلۡيَتَّقِ ٱللَّهَ رَبَّهُۥ وَلَا يَبۡخَسۡ مِنۡهُ شَيۡـٔٗاۚ فَإِن كَانَ ٱلَّذِي عَلَيۡهِ ٱلۡحَقُّ سَفِيهًا أَوۡ ضَعِيفًا أَوۡ لَا يَسۡتَطِيعُ أَن يُمِلَّ هُوَ فَلۡيُمۡلِلۡ وَلِيُّهُۥ بِٱلۡعَدۡلِۚ وَٱسۡتَشۡهِدُواْ شَهِيدَيۡنِ مِن رِّجَالِكُمۡۖ فَإِن لَّمۡ يَكُونَا رَجُلَيۡنِ فَرَجُلٞ وَٱمۡرَأَتَانِ مِمَّن تَرۡضَوۡنَ مِنَ ٱلشُّهَدَآءِ أَن تَضِلَّ إِحۡدَىٰهُمَا فَتُذَكِّرَ إِحۡدَىٰهُمَا ٱلۡأُخۡرَىٰۚ وَلَا يَأۡبَ ٱلشُّهَدَآءُ إِذَا مَا دُعُواْۚ وَلَا تَسۡـَٔمُوٓاْ أَن تَكۡتُبُوهُ صَغِيرًا أَوۡ كَبِيرًا إِلَىٰٓ أَجَلِهِۦۚ ذَٰلِكُمۡ أَقۡسَطُ عِندَ ٱللَّهِ وَأَقۡوَمُ لِلشَّهَٰدَةِ وَأَدۡنَىٰٓ أَلَّا تَرۡتَابُوٓاْ إِلَّآ أَن تَكُونَ تِجَٰرَةً حَاضِرَةٗ تُدِيرُونَهَا بَيۡنَكُمۡ فَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَلَّا تَكۡتُبُوهَاۗ وَأَشۡهِدُوٓاْ إِذَا تَبَايَعۡتُمۡۚ وَلَا يُضَآرَّ كَاتِبٞ وَلَا شَهِيدٞۚ وَإِن تَفۡعَلُواْ فَإِنَّهُۥ فُسُوقُۢ بِكُمۡۗ وَٱتَّقُواْ ٱللَّهَۖ وَيُعَلِّمُكُمُ ٱللَّهُۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
हे मोमिनहरू! जब तिमीले आपसमा कुनै निश्चित अवधिको लागि ऋणको लेनदेन व्यवहार गर्दछौ भने त्यसलाई लेखाई राख र लेख्नेले तिमीहरूमध्ये (कसैको अहित हुने गरी न लेखोस् बरु) न्यायपूर्ण तरिकाले लेखोस् साथै त्यसले, लेख्न अस्वीकार पनि नगरोस र दस्तावेज लेखिहालोस् । किनभने उसलाई अल्लाहले लेख्न सिकाएको छ र जुन मानिसले ऋण लिन्छ त्यसैले (दस्तावेजको) लिखतको व्यहोरा भनेर लेखाओस् र अल्लाहसँग जो कि उसको स्वामी हो, डरोस्, र ऋणको रकमबाट केही घटाएर नलेखाओस् र यदि ऋण लिने मान्छे मन्द बुद्धि वा निर्वल, वृद्ध, होस् अथवा व्यहोरा लेखाउने योग्यता छैन भएको अवस्थामा जुन त्यसको उत्तराधिकारी होस्, त्यसले न्यायपूर्ण ढङ्गले मज्मून भनी उसको तर्फबाट लेखाइदेओस्, र दुई पुरुषलाई साक्षी राख । यदि दुई पुरुष छैनन् भने एउटा पुरुष र दुईटा स्त्री जसलाई तिमीले साक्षीको रूपमा रुचाउँछौ, जसबाट ती स्त्रीमध्ये एउटीले बिर्सेमा अर्कीले त्यसलाई सम्झाइहालोस् र जब साक्षीहरूलाई (साक्ष्यको निम्ति) डाकिन्छ तब जान अस्वीकार नगरुन् र ऋण जसको अवधि निश्चित छ, थोरै होस् अथवा धेरै (त्यसको दस्तावेज लेख्न–लेखाउनमा अल्छी नगर) । यो कुरा अल्लाहको दृष्टिमा बडो न्यायपूर्ण छ र साक्ष्यको निम्ति पनि धेरै सही बाटो हो । यसबाट तिमीलाई कुनै प्रकारको सन्देह हुनेछैन । तर हो, यदि तिमीले कुनै हातैहात व्यवहार (लिनेदिने) गर्दछौ भने (यस्ता व्यवहारहरूको) लिखत नगरे पनि तिमीमाथि कुनै दोष आउने छैन र किनबेचगर्दा पनि साक्षी राख्ने गर । दस्तावेज लेख्ने र साक्षी हुनेहरूलाई कुनै प्रकारको हानि नपुर्याऊ । यदि तिमी यस्तो गर्दछौ भने यो तिम्रो निम्ति दुष्टतापूर्ण कर्म हुनेछ र अल्लाहसँग डर र हेर कि अल्लाहले तिमीलाई तालिम दिइरहेको छ र अल्लाह प्रत्येक कुरो जान्दछ ।