Surah Al-Baqara Verse 286 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraلَا يُكَلِّفُ ٱللَّهُ نَفۡسًا إِلَّا وُسۡعَهَاۚ لَهَا مَا كَسَبَتۡ وَعَلَيۡهَا مَا ٱكۡتَسَبَتۡۗ رَبَّنَا لَا تُؤَاخِذۡنَآ إِن نَّسِينَآ أَوۡ أَخۡطَأۡنَاۚ رَبَّنَا وَلَا تَحۡمِلۡ عَلَيۡنَآ إِصۡرٗا كَمَا حَمَلۡتَهُۥ عَلَى ٱلَّذِينَ مِن قَبۡلِنَاۚ رَبَّنَا وَلَا تُحَمِّلۡنَا مَا لَا طَاقَةَ لَنَا بِهِۦۖ وَٱعۡفُ عَنَّا وَٱغۡفِرۡ لَنَا وَٱرۡحَمۡنَآۚ أَنتَ مَوۡلَىٰنَا فَٱنصُرۡنَا عَلَى ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ
अल्लाहले कसैलाई उसको शक्तिभन्दा बढी कष्ट दिदैन । जुन सुकार्य उसले गर्दछ त्यसको प्रतिफल पाउँछ र जो पाप कर्म गर्दछ त्यसको परिणाम भोग्ने छ । हे हाम्रो प्रतिपालक ! यदि हामीबाट कुनै भूल वा त्रुटि भएको भए हामीलाई दोषी न ठहराउनु । हे पालनकर्ता ! हामीमाथि त्यस्तो भारी नराख्नु जस्तो कि तिमीले हामीभन्दा अगाडिका मानिसहरूमाथि राखेका थियौ । हे हाम्रो प्रतिपालक ! जुन भारी बोक्न सक्ने क्षमता हामीमा छैन त्यस्तो भारी हामीमाथि नराख्नु र (हे हाम्रो प्रतिपालक !) हाम्रा भूलत्रुटिको निमित्त हामीलाई क्षमा गर र मुक्ति प्रदान गर र हामीमाथि दया गर, तिमी नै हाम्रो स्वामी हौ तसर्थ हामीलाई काफिरहरूमाथि विजय प्रदान गर ।