Surah Al-Baqara Verse 61 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Baqaraوَإِذۡ قُلۡتُمۡ يَٰمُوسَىٰ لَن نَّصۡبِرَ عَلَىٰ طَعَامٖ وَٰحِدٖ فَٱدۡعُ لَنَا رَبَّكَ يُخۡرِجۡ لَنَا مِمَّا تُنۢبِتُ ٱلۡأَرۡضُ مِنۢ بَقۡلِهَا وَقِثَّآئِهَا وَفُومِهَا وَعَدَسِهَا وَبَصَلِهَاۖ قَالَ أَتَسۡتَبۡدِلُونَ ٱلَّذِي هُوَ أَدۡنَىٰ بِٱلَّذِي هُوَ خَيۡرٌۚ ٱهۡبِطُواْ مِصۡرٗا فَإِنَّ لَكُم مَّا سَأَلۡتُمۡۗ وَضُرِبَتۡ عَلَيۡهِمُ ٱلذِّلَّةُ وَٱلۡمَسۡكَنَةُ وَبَآءُو بِغَضَبٖ مِّنَ ٱللَّهِۚ ذَٰلِكَ بِأَنَّهُمۡ كَانُواْ يَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَيَقۡتُلُونَ ٱلنَّبِيِّـۧنَ بِغَيۡرِ ٱلۡحَقِّۚ ذَٰلِكَ بِمَا عَصَواْ وَّكَانُواْ يَعۡتَدُونَ
र, जब तिमीले भन्यौ कि हे मूसा ! हामी एउटै प्रकारको आहारमा सन्तुष्ट हुन सक्तैनौं । तसर्थ आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि उनीले हाम्रो निम्ति साग–सब्जी, काँक्रा, गहुँ, मसुरो र प्याज (आदि) जो जमिनबाट उम्रन्छन्, हामीलाई देउन् । उनले भने कि ठुलो कुराको सट्टा सानो कुरा किन चाहन्छौ ? ठीक छ ! शहरतिर लाग, तिमीले चाहेको यी सबै कुरा पाउनेछौ । र, उनीहरूमाथि अपमान र अभाव लादियो र तिनीहरू अल्लाहका क्रोधका पात्र भए । यो यस कारणले भयो कि तिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र दूतहरूलाई अकारण मार्दथे । यो उनीहरूको अवज्ञा र ज्यादतीको परिणाम हो ।