Surah Az-Zumar Verse 23 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Az-Zumarٱللَّهُ نَزَّلَ أَحۡسَنَ ٱلۡحَدِيثِ كِتَٰبٗا مُّتَشَٰبِهٗا مَّثَانِيَ تَقۡشَعِرُّ مِنۡهُ جُلُودُ ٱلَّذِينَ يَخۡشَوۡنَ رَبَّهُمۡ ثُمَّ تَلِينُ جُلُودُهُمۡ وَقُلُوبُهُمۡ إِلَىٰ ذِكۡرِ ٱللَّهِۚ ذَٰلِكَ هُدَى ٱللَّهِ يَهۡدِي بِهِۦ مَن يَشَآءُۚ وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنۡ هَادٍ
अल्लाहले सर्वोत्तम वाणी अवतरित गरेको छ जुन यस्तो किताब हो जसका आयतहरू आपसमा मिल्दछन्, र दोहोर्याइन्छन्, जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्छन्, त्यसबाट उनीहरूको शरीरका रौंहरू डरले ठाडो हुन्छन्, अन्तमा उनको शरीर र हृदय अल्लाहको वर्णनको लागि नरम र त्यस तर्फ प्रवृत्त हुन्छन् । यो अल्लाहको मार्गदर्शन हो, त्यसबाट उसले जसलाई चाहन्छ सोझो मार्गमा हिंडाउँछ, र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको निम्ति कोही मार्गदर्शक हुँदैन ।