UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Muddathir - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


يَـٰٓأَيُّهَا ٱلۡمُدَّثِّرُ

हे (मुहम्मद !) लुगा बेर्नेवाला
Surah Al-Muddathir, Verse 1


قُمۡ فَأَنذِرۡ

उठ र सावधान गरीदिनु ।
Surah Al-Muddathir, Verse 2


وَرَبَّكَ فَكَبِّرۡ

र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।
Surah Al-Muddathir, Verse 3


وَثِيَابَكَ فَطَهِّرۡ

र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।
Surah Al-Muddathir, Verse 4


وَٱلرُّجۡزَ فَٱهۡجُرۡ

फोहोरपनालाई छाडिदिनु ।
Surah Al-Muddathir, Verse 5


وَلَا تَمۡنُن تَسۡتَكۡثِرُ

र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।
Surah Al-Muddathir, Verse 6


وَلِرَبِّكَ فَٱصۡبِرۡ

र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।
Surah Al-Muddathir, Verse 7


فَإِذَا نُقِرَ فِي ٱلنَّاقُورِ

जब सूरमा फूँक मारिनेछ ।
Surah Al-Muddathir, Verse 8


فَذَٰلِكَ يَوۡمَئِذٖ يَوۡمٌ عَسِيرٌ

त्यो दिन बडो कठोर दिन हुनेछ ।
Surah Al-Muddathir, Verse 9


عَلَى ٱلۡكَٰفِرِينَ غَيۡرُ يَسِيرٖ

काफिरहरूको लागि सजिलो हुनेछैन ।
Surah Al-Muddathir, Verse 10


ذَرۡنِي وَمَنۡ خَلَقۡتُ وَحِيدٗا

मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
Surah Al-Muddathir, Verse 11


وَجَعَلۡتُ لَهُۥ مَالٗا مَّمۡدُودٗا

र प्रशस्त माल–सम्पत्ति दियौं ।
Surah Al-Muddathir, Verse 12


وَبَنِينَ شُهُودٗا

हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
Surah Al-Muddathir, Verse 13


وَمَهَّدتُّ لَهُۥ تَمۡهِيدٗا

मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।
Surah Al-Muddathir, Verse 14


ثُمَّ يَطۡمَعُ أَنۡ أَزِيدَ

अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।
Surah Al-Muddathir, Verse 15


كَلَّآۖ إِنَّهُۥ كَانَ لِأٓيَٰتِنَا عَنِيدٗا

यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ
Surah Al-Muddathir, Verse 16


سَأُرۡهِقُهُۥ صَعُودًا

शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
Surah Al-Muddathir, Verse 17


إِنَّهُۥ فَكَّرَ وَقَدَّرَ

उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
Surah Al-Muddathir, Verse 18


فَقُتِلَ كَيۡفَ قَدَّرَ

नष्ट होस् उसले कस्तो अड्कल गर्यो
Surah Al-Muddathir, Verse 19


ثُمَّ قُتِلَ كَيۡفَ قَدَّرَ

फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो
Surah Al-Muddathir, Verse 20


ثُمَّ نَظَرَ

उसले फेरि देख्यो ।
Surah Al-Muddathir, Verse 21


ثُمَّ عَبَسَ وَبَسَرَ

फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।
Surah Al-Muddathir, Verse 22


ثُمَّ أَدۡبَرَ وَٱسۡتَكۡبَرَ

अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।
Surah Al-Muddathir, Verse 23


فَقَالَ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ يُؤۡثَرُ

अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।
Surah Al-Muddathir, Verse 24


إِنۡ هَٰذَآ إِلَّا قَوۡلُ ٱلۡبَشَرِ

यो मात्र मानिसको वाणी नै हो ।
Surah Al-Muddathir, Verse 25


سَأُصۡلِيهِ سَقَرَ

हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
Surah Al-Muddathir, Verse 26


وَمَآ أَدۡرَىٰكَ مَا سَقَرُ

र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो
Surah Al-Muddathir, Verse 27


لَا تُبۡقِي وَلَا تَذَرُ

(आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।
Surah Al-Muddathir, Verse 28


لَوَّاحَةٞ لِّلۡبَشَرِ

र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।
Surah Al-Muddathir, Verse 29


عَلَيۡهَا تِسۡعَةَ عَشَرَ

त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।
Surah Al-Muddathir, Verse 30


وَمَا جَعَلۡنَآ أَصۡحَٰبَ ٱلنَّارِ إِلَّا مَلَـٰٓئِكَةٗۖ وَمَا جَعَلۡنَا عِدَّتَهُمۡ إِلَّا فِتۡنَةٗ لِّلَّذِينَ كَفَرُواْ لِيَسۡتَيۡقِنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَيَزۡدَادَ ٱلَّذِينَ ءَامَنُوٓاْ إِيمَٰنٗا وَلَا يَرۡتَابَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَٱلۡمُؤۡمِنُونَ وَلِيَقُولَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ وَٱلۡكَٰفِرُونَ مَاذَآ أَرَادَ ٱللَّهُ بِهَٰذَا مَثَلٗاۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ مَن يَشَآءُ وَيَهۡدِي مَن يَشَآءُۚ وَمَا يَعۡلَمُ جُنُودَ رَبِّكَ إِلَّا هُوَۚ وَمَا هِيَ إِلَّا ذِكۡرَىٰ لِلۡبَشَرِ

र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।
Surah Al-Muddathir, Verse 31


كَلَّا وَٱلۡقَمَرِ

साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।
Surah Al-Muddathir, Verse 32


وَٱلَّيۡلِ إِذۡ أَدۡبَرَ

र रातको जब कि त्यसले पछाडि हट्दछ ।
Surah Al-Muddathir, Verse 33


وَٱلصُّبۡحِ إِذَآ أَسۡفَرَ

र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
Surah Al-Muddathir, Verse 34


إِنَّهَا لَإِحۡدَى ٱلۡكُبَرِ

निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
Surah Al-Muddathir, Verse 35


نَذِيرٗا لِّلۡبَشَرِ

मानिसहरूको निम्ति भयको कारण ।
Surah Al-Muddathir, Verse 36


لِمَن شَآءَ مِنكُمۡ أَن يَتَقَدَّمَ أَوۡ يَتَأَخَّرَ

तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।
Surah Al-Muddathir, Verse 37


كُلُّ نَفۡسِۭ بِمَا كَسَبَتۡ رَهِينَةٌ

हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।
Surah Al-Muddathir, Verse 38


إِلَّآ أَصۡحَٰبَ ٱلۡيَمِينِ

तर दायाँ हात वालाहरू ।
Surah Al-Muddathir, Verse 39


فِي جَنَّـٰتٖ يَتَسَآءَلُونَ

उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।
Surah Al-Muddathir, Verse 40


عَنِ ٱلۡمُجۡرِمِينَ

अपराधीहरूसँग
Surah Al-Muddathir, Verse 41


مَا سَلَكَكُمۡ فِي سَقَرَ

(कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो
Surah Al-Muddathir, Verse 42


قَالُواْ لَمۡ نَكُ مِنَ ٱلۡمُصَلِّينَ

उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।
Surah Al-Muddathir, Verse 43


وَلَمۡ نَكُ نُطۡعِمُ ٱلۡمِسۡكِينَ

र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ
Surah Al-Muddathir, Verse 44


وَكُنَّا نَخُوضُ مَعَ ٱلۡخَآئِضِينَ

र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।
Surah Al-Muddathir, Verse 45


وَكُنَّا نُكَذِّبُ بِيَوۡمِ ٱلدِّينِ

र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।
Surah Al-Muddathir, Verse 46


حَتَّىٰٓ أَتَىٰنَا ٱلۡيَقِينُ

यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
Surah Al-Muddathir, Verse 47


فَمَا تَنفَعُهُمۡ شَفَٰعَةُ ٱلشَّـٰفِعِينَ

अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
Surah Al-Muddathir, Verse 48


فَمَا لَهُمۡ عَنِ ٱلتَّذۡكِرَةِ مُعۡرِضِينَ

उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
Surah Al-Muddathir, Verse 49


كَأَنَّهُمۡ حُمُرٞ مُّسۡتَنفِرَةٞ

जस्तो कि तर्सेको गधहा हुन् ।
Surah Al-Muddathir, Verse 50


فَرَّتۡ مِن قَسۡوَرَةِۭ

जो बाघ देखेर भागेका छन् ।
Surah Al-Muddathir, Verse 51


بَلۡ يُرِيدُ كُلُّ ٱمۡرِيٕٖ مِّنۡهُمۡ أَن يُؤۡتَىٰ صُحُفٗا مُّنَشَّرَةٗ

बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
Surah Al-Muddathir, Verse 52


كَلَّاۖ بَل لَّا يَخَافُونَ ٱلۡأٓخِرَةَ

यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।
Surah Al-Muddathir, Verse 53


كَلَّآ إِنَّهُۥ تَذۡكِرَةٞ

साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
Surah Al-Muddathir, Verse 54


فَمَن شَآءَ ذَكَرَهُۥ

अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।
Surah Al-Muddathir, Verse 55


وَمَا يَذۡكُرُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ هُوَ أَهۡلُ ٱلتَّقۡوَىٰ وَأَهۡلُ ٱلۡمَغۡفِرَةِ

र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।
Surah Al-Muddathir, Verse 56


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 73
>> Surah 75

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai