UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Qiyama - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


لَآ أُقۡسِمُ بِيَوۡمِ ٱلۡقِيَٰمَةِ

म कियामतको दिनको कसम खान्छु
Surah Al-Qiyama, Verse 1


وَلَآ أُقۡسِمُ بِٱلنَّفۡسِ ٱللَّوَّامَةِ

र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।
Surah Al-Qiyama, Verse 2


أَيَحۡسَبُ ٱلۡإِنسَٰنُ أَلَّن نَّجۡمَعَ عِظَامَهُۥ

के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं
Surah Al-Qiyama, Verse 3


بَلَىٰ قَٰدِرِينَ عَلَىٰٓ أَن نُّسَوِّيَ بَنَانَهُۥ

अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।
Surah Al-Qiyama, Verse 4


بَلۡ يُرِيدُ ٱلۡإِنسَٰنُ لِيَفۡجُرَ أَمَامَهُۥ

(होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।
Surah Al-Qiyama, Verse 5


يَسۡـَٔلُ أَيَّانَ يَوۡمُ ٱلۡقِيَٰمَةِ

सोध्छ कि कियामतको दिन कहिले आउँछ
Surah Al-Qiyama, Verse 6


فَإِذَا بَرِقَ ٱلۡبَصَرُ

जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।
Surah Al-Qiyama, Verse 7


وَخَسَفَ ٱلۡقَمَرُ

र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।
Surah Al-Qiyama, Verse 8


وَجُمِعَ ٱلشَّمۡسُ وَٱلۡقَمَرُ

र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
Surah Al-Qiyama, Verse 9


يَقُولُ ٱلۡإِنسَٰنُ يَوۡمَئِذٍ أَيۡنَ ٱلۡمَفَرُّ

त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ
Surah Al-Qiyama, Verse 10


كَلَّا لَا وَزَرَ

निःसन्देह कुनै शरणस्थल छैन ।
Surah Al-Qiyama, Verse 11


إِلَىٰ رَبِّكَ يَوۡمَئِذٍ ٱلۡمُسۡتَقَرُّ

आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।
Surah Al-Qiyama, Verse 12


يُنَبَّؤُاْ ٱلۡإِنسَٰنُ يَوۡمَئِذِۭ بِمَا قَدَّمَ وَأَخَّرَ

मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
Surah Al-Qiyama, Verse 13


بَلِ ٱلۡإِنسَٰنُ عَلَىٰ نَفۡسِهِۦ بَصِيرَةٞ

बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
Surah Al-Qiyama, Verse 14


وَلَوۡ أَلۡقَىٰ مَعَاذِيرَهُۥ

यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।
Surah Al-Qiyama, Verse 15


لَا تُحَرِّكۡ بِهِۦ لِسَانَكَ لِتَعۡجَلَ بِهِۦٓ

र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
Surah Al-Qiyama, Verse 16


إِنَّ عَلَيۡنَا جَمۡعَهُۥ وَقُرۡءَانَهُۥ

त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।
Surah Al-Qiyama, Verse 17


فَإِذَا قَرَأۡنَٰهُ فَٱتَّبِعۡ قُرۡءَانَهُۥ

अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
Surah Al-Qiyama, Verse 18


ثُمَّ إِنَّ عَلَيۡنَا بَيَانَهُۥ

अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।
Surah Al-Qiyama, Verse 19


كَلَّا بَلۡ تُحِبُّونَ ٱلۡعَاجِلَةَ

होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।
Surah Al-Qiyama, Verse 20


وَتَذَرُونَ ٱلۡأٓخِرَةَ

र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ
Surah Al-Qiyama, Verse 21


وُجُوهٞ يَوۡمَئِذٖ نَّاضِرَةٌ

त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्
Surah Al-Qiyama, Verse 22


إِلَىٰ رَبِّهَا نَاظِرَةٞ

आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
Surah Al-Qiyama, Verse 23


وَوُجُوهٞ يَوۡمَئِذِۭ بَاسِرَةٞ

र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
Surah Al-Qiyama, Verse 24


تَظُنُّ أَن يُفۡعَلَ بِهَا فَاقِرَةٞ

बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
Surah Al-Qiyama, Verse 25


كَلَّآ إِذَا بَلَغَتِ ٱلتَّرَاقِيَ

होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
Surah Al-Qiyama, Verse 26


وَقِيلَ مَنۡۜ رَاقٖ

र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ
Surah Al-Qiyama, Verse 27


وَظَنَّ أَنَّهُ ٱلۡفِرَاقُ

र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।
Surah Al-Qiyama, Verse 28


وَٱلۡتَفَّتِ ٱلسَّاقُ بِٱلسَّاقِ

र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
Surah Al-Qiyama, Verse 29


إِلَىٰ رَبِّكَ يَوۡمَئِذٍ ٱلۡمَسَاقُ

आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
Surah Al-Qiyama, Verse 30


فَلَا صَدَّقَ وَلَا صَلَّىٰ

तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
Surah Al-Qiyama, Verse 31


وَلَٰكِن كَذَّبَ وَتَوَلَّىٰ

बरु झूठो ठहरायो र विमुख भयो ।
Surah Al-Qiyama, Verse 32


ثُمَّ ذَهَبَ إِلَىٰٓ أَهۡلِهِۦ يَتَمَطَّىٰٓ

अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
Surah Al-Qiyama, Verse 33


أَوۡلَىٰ لَكَ فَأَوۡلَىٰ

अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
Surah Al-Qiyama, Verse 34


ثُمَّ أَوۡلَىٰ لَكَ فَأَوۡلَىٰٓ

धिक्कार छ र खराबी छ तिमीमाथि ।
Surah Al-Qiyama, Verse 35


أَيَحۡسَبُ ٱلۡإِنسَٰنُ أَن يُتۡرَكَ سُدًى

के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ
Surah Al-Qiyama, Verse 36


أَلَمۡ يَكُ نُطۡفَةٗ مِّن مَّنِيّٖ يُمۡنَىٰ

के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो
Surah Al-Qiyama, Verse 37


ثُمَّ كَانَ عَلَقَةٗ فَخَلَقَ فَسَوَّىٰ

फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।
Surah Al-Qiyama, Verse 38


فَجَعَلَ مِنۡهُ ٱلزَّوۡجَيۡنِ ٱلذَّكَرَ وَٱلۡأُنثَىٰٓ

अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।
Surah Al-Qiyama, Verse 39


أَلَيۡسَ ذَٰلِكَ بِقَٰدِرٍ عَلَىٰٓ أَن يُحۡـِۧيَ ٱلۡمَوۡتَىٰ

त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् ।
Surah Al-Qiyama, Verse 40


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 74
>> Surah 76

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai