Surah Al-Insan - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
هَلۡ أَتَىٰ عَلَى ٱلۡإِنسَٰنِ حِينٞ مِّنَ ٱلدَّهۡرِ لَمۡ يَكُن شَيۡـٔٗا مَّذۡكُورًا
निःसन्देह मानवमाथि कालखण्डको एउटा यस्तो समय पनि बितेको छ जब कि ऊ कुनै उल्लेख्य कुरा थिएन ।
Surah Al-Insan, Verse 1
إِنَّا خَلَقۡنَا ٱلۡإِنسَٰنَ مِن نُّطۡفَةٍ أَمۡشَاجٖ نَّبۡتَلِيهِ فَجَعَلۡنَٰهُ سَمِيعَۢا بَصِيرًا
हामीले मनुष्यलाई एउटा मिश्रित वीर्यबाट परीक्षाको लागि सृष्टि गर्यौं, अनि हामीले उसलाई सुन्ने र देख्नेवाला बनाइदियौं ।
Surah Al-Insan, Verse 2
إِنَّا هَدَيۡنَٰهُ ٱلسَّبِيلَ إِمَّا شَاكِرٗا وَإِمَّا كَفُورًا
हामीले उसलाई मार्ग देखायौं, अब चाहे ऊ कृतज्ञ बनोस् वा कृतध्न ।
Surah Al-Insan, Verse 3
إِنَّآ أَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ سَلَٰسِلَاْ وَأَغۡلَٰلٗا وَسَعِيرًا
निश्चितरूपले हामीले इन्कार गर्नेहरूको निम्ति हतकडी र तौक र प्रज्वलित आगो तयार गरेका छौं ।
Surah Al-Insan, Verse 4
إِنَّ ٱلۡأَبۡرَارَ يَشۡرَبُونَ مِن كَأۡسٖ كَانَ مِزَاجُهَا كَافُورًا
निश्चय नै सदाचारी मानसिहरूले यस्तो पेय पदार्थ पिउनेछन् जसमा काफूरको मिश्रण हुनेछ ।
Surah Al-Insan, Verse 5
عَيۡنٗا يَشۡرَبُ بِهَا عِبَادُ ٱللَّهِ يُفَجِّرُونَهَا تَفۡجِيرٗا
यो एउटा मूल हो जसबाट अल्लाहका सेवकहरूले पिउनेछन् र त्यसबाट नहरहरू निकाल्नेछन् ।
Surah Al-Insan, Verse 6
يُوفُونَ بِٱلنَّذۡرِ وَيَخَافُونَ يَوۡمٗا كَانَ شَرُّهُۥ مُسۡتَطِيرٗا
यिनीहरूले नजर (मन्नत) पूर्ण गर्दछन् र त्यस दिनबाट तर्सन्छन् जसको आपदा चारैतिर व्यापक हुनेछ ।
Surah Al-Insan, Verse 7
وَيُطۡعِمُونَ ٱلطَّعَامَ عَلَىٰ حُبِّهِۦ مِسۡكِينٗا وَيَتِيمٗا وَأَسِيرًا
र अल्लाहसँगको प्रेममा (स्वयं खानको इच्छा भएपनि) निमुखा, अनाथहरू र कैदीरुलाई खाना खुवाउँछन् ।
Surah Al-Insan, Verse 8
إِنَّمَا نُطۡعِمُكُمۡ لِوَجۡهِ ٱللَّهِ لَا نُرِيدُ مِنكُمۡ جَزَآءٗ وَلَا شُكُورًا
हामी त केवल अल्लाहको प्रसन्नताको निम्ति तिमीलाई खुवाउँछौ, तिमीसित न कुनै पुरस्कार चाहन्छौं र न कृतज्ञता ज्ञापन ।
Surah Al-Insan, Verse 9
إِنَّا نَخَافُ مِن رَّبِّنَا يَوۡمًا عَبُوسٗا قَمۡطَرِيرٗا
हामीलाई आफ्नो पालनकर्तासित त्यस दिनको डर लाग्छ, जो उदासी र अत्यन्त कठोरतावाला हुनेछ ।
Surah Al-Insan, Verse 10
فَوَقَىٰهُمُ ٱللَّهُ شَرَّ ذَٰلِكَ ٱلۡيَوۡمِ وَلَقَّىٰهُمۡ نَضۡرَةٗ وَسُرُورٗا
अतः अल्लाहले उनीहरूलाई त्यस दिनको नराम्रो कुराबाट बचाइहाल्यौं र उनीहरूलाई उज्जवलता र खुशी प्रदान गर्यो ।
Surah Al-Insan, Verse 11
وَجَزَىٰهُم بِمَا صَبَرُواْ جَنَّةٗ وَحَرِيرٗا
र उनीहरूको संतोषको बदलामा उनीहरूलाई जन्नत र रेश्मी वस्त्र प्रदान गर्यो ।
Surah Al-Insan, Verse 12
مُّتَّكِـِٔينَ فِيهَا عَلَى ٱلۡأَرَآئِكِۖ لَا يَرَوۡنَ فِيهَا شَمۡسٗا وَلَا زَمۡهَرِيرٗا
यिनीहरूले त्यहाँ पलङ्गमाथि तकिया लगाएर बसेका हुनेछन् त्यहाँ न सूर्यको गर्मी देख्नेछन् न जाडोको तीव्रता ।
Surah Al-Insan, Verse 13
وَدَانِيَةً عَلَيۡهِمۡ ظِلَٰلُهَا وَذُلِّلَتۡ قُطُوفُهَا تَذۡلِيلٗا
र ती स्वर्गका छायाँहरू उनीमाथि झूलेका हुनेछन् र त्यसका फलका गुच्छाहरू तल झुण्डिएका हुनेछन् ।
Surah Al-Insan, Verse 14
وَيُطَافُ عَلَيۡهِم بِـَٔانِيَةٖ مِّن فِضَّةٖ وَأَكۡوَابٖ كَانَتۡ قَوَارِيرَا۠
(सेवकहरू) चाँदीका भाडाहरू र शीशाका बर्तन लिएर उनीहरूको चारैतिर घुम्नेछन् ।
Surah Al-Insan, Verse 15
قَوَارِيرَاْ مِن فِضَّةٖ قَدَّرُوهَا تَقۡدِيرٗا
शिशा पनि चाँदीको हुनेछन् । जसलाई ठीक–ठीक मात्रानुसार बनाएको हुनेछ ।
Surah Al-Insan, Verse 16
وَيُسۡقَوۡنَ فِيهَا كَأۡسٗا كَانَ مِزَاجُهَا زَنجَبِيلًا
र त्यहाँ उनीहरूलाई यस्तो पेय पिलाइनेछ जसमा सुठोको (जन्जबीलको) मिसावट हुनेछ ।
Surah Al-Insan, Verse 17
عَيۡنٗا فِيهَا تُسَمَّىٰ سَلۡسَبِيلٗا
यो स्वर्गको एउटा नहरबाट हुन्छ जसको नाम ‘‘सलसबील” छ ।
Surah Al-Insan, Verse 18
۞وَيَطُوفُ عَلَيۡهِمۡ وِلۡدَٰنٞ مُّخَلَّدُونَ إِذَا رَأَيۡتَهُمۡ حَسِبۡتَهُمۡ لُؤۡلُؤٗا مَّنثُورٗا
र उनीहरूको आसपासमा स–साना केटाहरूले ओहोरदोहोर गर्नेछन् जो सदैव किशोर अवस्थामा रहनेछन् । जब तिमीहरूले उनीहरूलाई देख्दछौ तब ठान्नेछौ कि तिनीहरू छरिएका सच्चा मोती हुन् ।
Surah Al-Insan, Verse 19
وَإِذَا رَأَيۡتَ ثَمَّ رَأَيۡتَ نَعِيمٗا وَمُلۡكٗا كَبِيرًا
स्वर्गमा तिमी जहाँ देख्नेछौ, ठूलो अनुकम्पा र विशाल साम्राज्य देख्नेछौ ।
Surah Al-Insan, Verse 20
عَٰلِيَهُمۡ ثِيَابُ سُندُسٍ خُضۡرٞ وَإِسۡتَبۡرَقٞۖ وَحُلُّوٓاْ أَسَاوِرَ مِن فِضَّةٖ وَسَقَىٰهُمۡ رَبُّهُمۡ شَرَابٗا طَهُورًا
उनीहरूको शरीरमा मसिनो हरियो रेश्मी वस्त्र र बाक्लो बुट्टेदार रेश्मी वस्त्र हुनेछ, र उनीहरूलाई चाँदीको कंगन पहिरइनेछ र उनको पालनकर्ताले उनीलाई पवित्र पेय पिलाउनेछ ।
Surah Al-Insan, Verse 21
إِنَّ هَٰذَا كَانَ لَكُمۡ جَزَآءٗ وَكَانَ سَعۡيُكُم مَّشۡكُورًا
यो तिम्रै कर्मको पुरस्कार हो र तिम्रो प्रयासको सम्मान गरियो ।
Surah Al-Insan, Verse 22
إِنَّا نَحۡنُ نَزَّلۡنَا عَلَيۡكَ ٱلۡقُرۡءَانَ تَنزِيلٗا
निश्चय नै हामीले अत्यन्त व्यवस्थितरूपले तपाईमाथि कुरआन अवतरित गरेका छौं ।
Surah Al-Insan, Verse 23
فَٱصۡبِرۡ لِحُكۡمِ رَبِّكَ وَلَا تُطِعۡ مِنۡهُمۡ ءَاثِمًا أَوۡ كَفُورٗا
अतः आफ्नो पालनकर्ताको आदेश र निर्णय अनुसार धैर्यले काम गर्नु र उनीहरूमध्ये कुनै गुनाहगार वा कृतघ्नको आज्ञापालन नगर्नु ।
Surah Al-Insan, Verse 24
وَٱذۡكُرِ ٱسۡمَ رَبِّكَ بُكۡرَةٗ وَأَصِيلٗا
र प्रातःकाल र सन्ध्याकालको समयमा आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु ।
Surah Al-Insan, Verse 25
وَمِنَ ٱلَّيۡلِ فَٱسۡجُدۡ لَهُۥ وَسَبِّحۡهُ لَيۡلٗا طَوِيلًا
र रातीको समयमा उसलाई सज्दा (ढोग्ने) गर, र अबेर रातीसम्म उसको गुणगान गर्नेगर ।
Surah Al-Insan, Verse 26
إِنَّ هَـٰٓؤُلَآءِ يُحِبُّونَ ٱلۡعَاجِلَةَ وَيَذَرُونَ وَرَآءَهُمۡ يَوۡمٗا ثَقِيلٗا
निःसन्देह यिनीहरूले छिटै प्राप्त हुने संसार चाहन्छन् र (कयामतको) ठूलो दिनलाई पछाडि छोडिदिन्छन् ।
Surah Al-Insan, Verse 27
نَّحۡنُ خَلَقۡنَٰهُمۡ وَشَدَدۡنَآ أَسۡرَهُمۡۖ وَإِذَا شِئۡنَا بَدَّلۡنَآ أَمۡثَٰلَهُمۡ تَبۡدِيلًا
हामीले उनीहरूलाई सृष्टि गर्यौं र हामीले नै उनका जोर्नी र गाँठोहरूलाई बलियो बनायौं र हामीले जतिखेर चाहन्छौं उनी जस्तालाई पूर्णतः परिवर्तन गरिदिन्छौं ।
Surah Al-Insan, Verse 28
إِنَّ هَٰذِهِۦ تَذۡكِرَةٞۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ سَبِيلٗا
निश्चय नै यो एउटा उपदेश हो, अब जसले चाहन्छ आफ्नो पालनकर्ताको मार्ग ग्रहण गर्नसक्छ ।
Surah Al-Insan, Verse 29
وَمَا تَشَآءُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمٗا
र तिमीले चाहन सक्दैनौ, तर जुन अल्लाहले चाहन्छ निसन्देह अल्लाह सर्वज्ञ र तत्वदर्शी छ
Surah Al-Insan, Verse 30
يُدۡخِلُ مَن يَشَآءُ فِي رَحۡمَتِهِۦۚ وَٱلظَّـٰلِمِينَ أَعَدَّ لَهُمۡ عَذَابًا أَلِيمَۢا
जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराउँछ र अत्याचारीहरूको निम्ति उसले दुःखद यातना तयार गरेको छ ।
Surah Al-Insan, Verse 31