UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Mursalat - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


وَٱلۡمُرۡسَلَٰتِ عُرۡفٗا

हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम ।
Surah Al-Mursalat, Verse 1


فَٱلۡعَٰصِفَٰتِ عَصۡفٗا

अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम ।
Surah Al-Mursalat, Verse 2


وَٱلنَّـٰشِرَٰتِ نَشۡرٗا

र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध ।
Surah Al-Mursalat, Verse 3


فَٱلۡفَٰرِقَٰتِ فَرۡقٗا

फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने
Surah Al-Mursalat, Verse 4


فَٱلۡمُلۡقِيَٰتِ ذِكۡرًا

र वह्य ल्याउने फरिश्ताहरूको कसम ।
Surah Al-Mursalat, Verse 5


عُذۡرًا أَوۡ نُذۡرًا

जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।
Surah Al-Mursalat, Verse 6


إِنَّمَا تُوعَدُونَ لَوَٰقِعٞ

जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
Surah Al-Mursalat, Verse 7


فَإِذَا ٱلنُّجُومُ طُمِسَتۡ

अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
Surah Al-Mursalat, Verse 8


وَإِذَا ٱلسَّمَآءُ فُرِجَتۡ

र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
Surah Al-Mursalat, Verse 9


وَإِذَا ٱلۡجِبَالُ نُسِفَتۡ

र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
Surah Al-Mursalat, Verse 10


وَإِذَا ٱلرُّسُلُ أُقِّتَتۡ

र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
Surah Al-Mursalat, Verse 11


لِأَيِّ يَوۡمٍ أُجِّلَتۡ

कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ
Surah Al-Mursalat, Verse 12


لِيَوۡمِ ٱلۡفَصۡلِ

फैसलाको दिनको निम्ति ।
Surah Al-Mursalat, Verse 13


وَمَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلۡفَصۡلِ

र तिमीलाई के थाहा कि फैसलाको दिन के हो
Surah Al-Mursalat, Verse 14


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।
Surah Al-Mursalat, Verse 15


أَلَمۡ نُهۡلِكِ ٱلۡأَوَّلِينَ

के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं
Surah Al-Mursalat, Verse 16


ثُمَّ نُتۡبِعُهُمُ ٱلۡأٓخِرِينَ

अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
Surah Al-Mursalat, Verse 17


كَذَٰلِكَ نَفۡعَلُ بِٱلۡمُجۡرِمِينَ

हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।
Surah Al-Mursalat, Verse 18


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
Surah Al-Mursalat, Verse 19


أَلَمۡ نَخۡلُقكُّم مِّن مَّآءٖ مَّهِينٖ

के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं
Surah Al-Mursalat, Verse 20


فَجَعَلۡنَٰهُ فِي قَرَارٖ مَّكِينٍ

अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।
Surah Al-Mursalat, Verse 21


إِلَىٰ قَدَرٖ مَّعۡلُومٖ

एउटा निश्चित समयसम्म ।
Surah Al-Mursalat, Verse 22


فَقَدَرۡنَا فَنِعۡمَ ٱلۡقَٰدِرُونَ

फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
Surah Al-Mursalat, Verse 23


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
Surah Al-Mursalat, Verse 24


أَلَمۡ نَجۡعَلِ ٱلۡأَرۡضَ كِفَاتًا

के हामीले धरतीलाई समेटनेवाला बनाएनौं
Surah Al-Mursalat, Verse 25


أَحۡيَآءٗ وَأَمۡوَٰتٗا

जीवितलाई र मृतहरूलाई पनि ।
Surah Al-Mursalat, Verse 26


وَجَعَلۡنَا فِيهَا رَوَٰسِيَ شَٰمِخَٰتٖ وَأَسۡقَيۡنَٰكُم مَّآءٗ فُرَاتٗا

र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं
Surah Al-Mursalat, Verse 27


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।
Surah Al-Mursalat, Verse 28


ٱنطَلِقُوٓاْ إِلَىٰ مَا كُنتُم بِهِۦ تُكَذِّبُونَ

जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड
Surah Al-Mursalat, Verse 29


ٱنطَلِقُوٓاْ إِلَىٰ ظِلّٖ ذِي ثَلَٰثِ شُعَبٖ

त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्
Surah Al-Mursalat, Verse 30


لَّا ظَلِيلٖ وَلَا يُغۡنِي مِنَ ٱللَّهَبِ

जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
Surah Al-Mursalat, Verse 31


إِنَّهَا تَرۡمِي بِشَرَرٖ كَٱلۡقَصۡرِ

निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।
Surah Al-Mursalat, Verse 32


كَأَنَّهُۥ جِمَٰلَتٞ صُفۡرٞ

त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
Surah Al-Mursalat, Verse 33


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।
Surah Al-Mursalat, Verse 34


هَٰذَا يَوۡمُ لَا يَنطِقُونَ

आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।
Surah Al-Mursalat, Verse 35


وَلَا يُؤۡذَنُ لَهُمۡ فَيَعۡتَذِرُونَ

नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।
Surah Al-Mursalat, Verse 36


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।
Surah Al-Mursalat, Verse 37


هَٰذَا يَوۡمُ ٱلۡفَصۡلِۖ جَمَعۡنَٰكُمۡ وَٱلۡأَوَّلِينَ

यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।
Surah Al-Mursalat, Verse 38


فَإِن كَانَ لَكُمۡ كَيۡدٞ فَكِيدُونِ

तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।
Surah Al-Mursalat, Verse 39


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
Surah Al-Mursalat, Verse 40


إِنَّ ٱلۡمُتَّقِينَ فِي ظِلَٰلٖ وَعُيُونٖ

निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
Surah Al-Mursalat, Verse 41


وَفَوَٰكِهَ مِمَّا يَشۡتَهُونَ

र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
Surah Al-Mursalat, Verse 42


كُلُواْ وَٱشۡرَبُواْ هَنِيٓـَٔۢا بِمَا كُنتُمۡ تَعۡمَلُونَ

(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
Surah Al-Mursalat, Verse 43


إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ

हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।
Surah Al-Mursalat, Verse 44


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।
Surah Al-Mursalat, Verse 45


كُلُواْ وَتَمَتَّعُواْ قَلِيلًا إِنَّكُم مُّجۡرِمُونَ

(हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।
Surah Al-Mursalat, Verse 46


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।
Surah Al-Mursalat, Verse 47


وَإِذَا قِيلَ لَهُمُ ٱرۡكَعُواْ لَا يَرۡكَعُونَ

जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।
Surah Al-Mursalat, Verse 48


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।
Surah Al-Mursalat, Verse 49


فَبِأَيِّ حَدِيثِۭ بَعۡدَهُۥ يُؤۡمِنُونَ

अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्
Surah Al-Mursalat, Verse 50


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 76
>> Surah 78

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai