Surah Yunus Verse 22 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Yunusهُوَ ٱلَّذِي يُسَيِّرُكُمۡ فِي ٱلۡبَرِّ وَٱلۡبَحۡرِۖ حَتَّىٰٓ إِذَا كُنتُمۡ فِي ٱلۡفُلۡكِ وَجَرَيۡنَ بِهِم بِرِيحٖ طَيِّبَةٖ وَفَرِحُواْ بِهَا جَآءَتۡهَا رِيحٌ عَاصِفٞ وَجَآءَهُمُ ٱلۡمَوۡجُ مِن كُلِّ مَكَانٖ وَظَنُّوٓاْ أَنَّهُمۡ أُحِيطَ بِهِمۡ دَعَوُاْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ لَئِنۡ أَنجَيۡتَنَا مِنۡ هَٰذِهِۦ لَنَكُونَنَّ مِنَ ٱلشَّـٰكِرِينَ
उही अल्लाह हो, जसले तिमीलाई जंगल र समुन्द्रमा हिंडने योग्य बनाएको छ, यहाँसम्म कि जब तिमीहरू डुङ्गाहरूमा (सवार) हुन्छौ र ती डुङ्गाहरूले त्यसमा यात्रा गर्नेहरूलाई लिएर अनुकूल हावाको मद्दतले हिंड्न थाल्छन् र तिनीहरू त्यसबाट निकै आनन्दित हुन्छन्, अनि एउटा तूफानी हावा चल्न थाल्छ र चारैतिरबाट तरङ्गहरू उठ्न थाल्दछन् र तिनीहरूलाई लाग्दछ कि (अहिले त) तरङ्गहरूबाट नराम्रोसंग घेराइसकेका छन्, त्यतिखेर अल्लाहलाई नै शुद्ध नीयतले पुकार्दछन् कि यदि हामीलाई यसबाट मुक्त गराइदिन्छौ भने हामी धेरै आभारी हुनेछौं ।