Surah Yunus Verse 24 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Yunusإِنَّمَا مَثَلُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا كَمَآءٍ أَنزَلۡنَٰهُ مِنَ ٱلسَّمَآءِ فَٱخۡتَلَطَ بِهِۦ نَبَاتُ ٱلۡأَرۡضِ مِمَّا يَأۡكُلُ ٱلنَّاسُ وَٱلۡأَنۡعَٰمُ حَتَّىٰٓ إِذَآ أَخَذَتِ ٱلۡأَرۡضُ زُخۡرُفَهَا وَٱزَّيَّنَتۡ وَظَنَّ أَهۡلُهَآ أَنَّهُمۡ قَٰدِرُونَ عَلَيۡهَآ أَتَىٰهَآ أَمۡرُنَا لَيۡلًا أَوۡ نَهَارٗا فَجَعَلۡنَٰهَا حَصِيدٗا كَأَن لَّمۡ تَغۡنَ بِٱلۡأَمۡسِۚ كَذَٰلِكَ نُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَتَفَكَّرُونَ
संसारको जीवनको अवस्था यस्तो छ जस्तो कि हामीले आकाशबाट पानी बर्सायौं, अनि त्यसलाई पृथ्वीमा मिसाई त्यसबाट बनस्पति उब्जायौं, जसलाई मानिस र पशुहरूले खान्छन् । यहाँसम्म कि पृथ्वी बनस्पतिले मनोरम र विभूषित भइहाल्यौ र मानिसहरूले ठान्नथाले कि त्यसमाथि तिनीहरूको पूरा अधिकार भइसक्यो । अनि एक्कासि राति वा दिनमा हाम्रो आदेश आइपुग्यो, अनि हामीले त्यसलाई काटेर यस्तो गरिहाल्यौं जस्तो कि त्यहाँ हिजोसम्म केही छँदै थिएन । जो चिन्तन गर्ने मानिसहरू छन् तिनीहरूको निम्ति यसरी नै हामीले आफ्ना निशानीहरू खुलस्त रूपमा वर्णन गर्दछौं ।