Surah Hud Verse 17 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Hudأَفَمَن كَانَ عَلَىٰ بَيِّنَةٖ مِّن رَّبِّهِۦ وَيَتۡلُوهُ شَاهِدٞ مِّنۡهُ وَمِن قَبۡلِهِۦ كِتَٰبُ مُوسَىٰٓ إِمَامٗا وَرَحۡمَةًۚ أُوْلَـٰٓئِكَ يُؤۡمِنُونَ بِهِۦۚ وَمَن يَكۡفُرۡ بِهِۦ مِنَ ٱلۡأَحۡزَابِ فَٱلنَّارُ مَوۡعِدُهُۥۚ فَلَا تَكُ فِي مِرۡيَةٖ مِّنۡهُۚ إِنَّهُ ٱلۡحَقُّ مِن رَّبِّكَ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يُؤۡمِنُونَ
के त्यो मानिस जसलाई आफ्नो पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण प्राप्तछ र उसपछि अल्लाहको तर्फबाट आएको साक्षी (जिबरील) पनि छ र त्योभन्दा पहिला मूसाको किताब मार्गदर्शक र वरदान आइसकेको होस्, (के यस्तो व्यक्ति पथभरष्ट हुन सक्दछ ?) यिनीहरू नै त्यसमाथि ईमान राख्दछन । र यिनी समुदायबाट जो यसको इन्कार गर्दछ, उसको अन्तिम बासस्थान (नर्कको) आगो हो । तसर्थ तिमीले यस (कुरआन) को सम्बन्धमा कुनै शंका नगर्नु, यो तिम्रो पालनकर्ताबाट आएको पूर्ण सत्य हो, तर अधिकांश मानिसहरूले ईमान ल्याउँदैनन् ।