Surah Hud Verse 81 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Hudقَالُواْ يَٰلُوطُ إِنَّا رُسُلُ رَبِّكَ لَن يَصِلُوٓاْ إِلَيۡكَۖ فَأَسۡرِ بِأَهۡلِكَ بِقِطۡعٖ مِّنَ ٱلَّيۡلِ وَلَا يَلۡتَفِتۡ مِنكُمۡ أَحَدٌ إِلَّا ٱمۡرَأَتَكَۖ إِنَّهُۥ مُصِيبُهَا مَآ أَصَابَهُمۡۚ إِنَّ مَوۡعِدَهُمُ ٱلصُّبۡحُۚ أَلَيۡسَ ٱلصُّبۡحُ بِقَرِيبٖ
अब फरिश्ताहरूले भनेः ‘‘हे लूत ! हामी तिम्रो पालनकर्ताले पठाएका फरिश्ताहरू हौं । यी मानिसहरू कहिल्यै पनि तिम्रो समीपमा पुग्न सक्ने छैनन्, तसर्थ रातको केही भाग बाँकी रहँदा तिम्रो स्वास्नी बाहेक, आफ्ना घरवालालाई लिएर बाहिर निस्किहाल, र तिमीमध्ये कुनै पनि व्यक्तिले, पछाडितिर नहेर्नु । किन भने यसलाई पनि त्यही आउनेवाला छ जो यी सबैसम्म पुग्ने छ । यिनको (अजाबको) निर्धारित समय प्रातः हो र के प्रातः नजिक छैन ?’’