Surah Ar-Rad Verse 31 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Ar-Radوَلَوۡ أَنَّ قُرۡءَانٗا سُيِّرَتۡ بِهِ ٱلۡجِبَالُ أَوۡ قُطِّعَتۡ بِهِ ٱلۡأَرۡضُ أَوۡ كُلِّمَ بِهِ ٱلۡمَوۡتَىٰۗ بَل لِّلَّهِ ٱلۡأَمۡرُ جَمِيعًاۗ أَفَلَمۡ يَاْيۡـَٔسِ ٱلَّذِينَ ءَامَنُوٓاْ أَن لَّوۡ يَشَآءُ ٱللَّهُ لَهَدَى ٱلنَّاسَ جَمِيعٗاۗ وَلَا يَزَالُ ٱلَّذِينَ كَفَرُواْ تُصِيبُهُم بِمَا صَنَعُواْ قَارِعَةٌ أَوۡ تَحُلُّ قَرِيبٗا مِّن دَارِهِمۡ حَتَّىٰ يَأۡتِيَ وَعۡدُ ٱللَّهِۚ إِنَّ ٱللَّهَ لَا يُخۡلِفُ ٱلۡمِيعَادَ
र यदि कुरआनको माध्यमले पहाड़लाई चलाइदिए हुन्थ्यो, अथवा पृथ्वी टुक्रा–टुक्रा गरिदिएको भए वा मृतहरूसंग कुरो गराइदिएको भए । (तापनि ईमान ल्याउँदैन्थे) सबै कार्य अल्लाहको हातमा छ । तब के ईमानवालाहरूलाई यस कुरामा सन्तुष्ट छैनन् कि ? यदि अल्लाह चाहन्थ्यो भने समस्त मान्छेहरूलाई सही बाटो देखाउने थियो । कुफ्फारलाई त उनको दुष्टयाईको बदलामा सधै कुनै न कुनै कडा दण्ड पुगिरहनेछ अथवा उनका घरहरूको नजिक पुगिरहनेछ, यहाँसम्म कि अल्लाहको वाचा उनको नजिक आई नपुगोस् । निःसन्देह अल्लाह आफ्नो वाचाको विरुद्ध जाँदैन ।