Surah Fatir Verse 13 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Fatirيُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلّٞ يَجۡرِي لِأَجَلٖ مُّسَمّٗىۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡ لَهُ ٱلۡمُلۡكُۚ وَٱلَّذِينَ تَدۡعُونَ مِن دُونِهِۦ مَا يَمۡلِكُونَ مِن قِطۡمِيرٍ
उसले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । र उसले सूर्य र चन्द्रलाई काममा लगाइराखेको छ । प्रत्येक कुरो एक निर्धारित समयमा चलिराखेको छ । यही अल्लाह तिम्रो सबैको पालनकर्ता हो । उसैको सत्ता छ, उसबाहेक तिमीले जसलाई पुकार्दछौ, उनीहरू त खजूरको गेडोको बोक्रा बराबर पनि (कुनै कुराको) मालिक छैनन् ।