Surah Al-Fath Verse 11 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Fathسَيَقُولُ لَكَ ٱلۡمُخَلَّفُونَ مِنَ ٱلۡأَعۡرَابِ شَغَلَتۡنَآ أَمۡوَٰلُنَا وَأَهۡلُونَا فَٱسۡتَغۡفِرۡ لَنَاۚ يَقُولُونَ بِأَلۡسِنَتِهِم مَّا لَيۡسَ فِي قُلُوبِهِمۡۚ قُلۡ فَمَن يَمۡلِكُ لَكُم مِّنَ ٱللَّهِ شَيۡـًٔا إِنۡ أَرَادَ بِكُمۡ ضَرًّا أَوۡ أَرَادَ بِكُمۡ نَفۡعَۢاۚ بَلۡ كَانَ ٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرَۢا
(देहाती) गाउँलेहरूमध्ये जो पछि परिसकेका थिए उनीहरू अब तपाईसित भन्नेछनः कि ‘‘हाम्रा धन सम्पत्ति र हाम्रा बालबच्चामा हामी व्यस्त थियौं, तसर्थ तपाईले हाम्रो निम्ति क्षमाको प्रार्थना गरिदिनुहोस् !’’ उनीहरू आफ्नो जिब्रोले ती कुराहरू भन्दछन् जुन उनका हृदयमा छैनन् । भनिदिनुस् कि यदि अल्लाहले तिमीलाई नोक्सानी पुर्योउन चाहन्छ वा तिमीलाई फाइदा पुर्योउने इच्छा राख्दछ भने कसले उसको सामु तिम्रो निम्ति कुनै कुराको कुनै अख्तियारी राख्दछ ? (कोही छैन), बरु जे जति तिमीले गर्दछौ अल्लाहले त्यसलाई जान्दछ ।