Surah Al-Maeda Verse 4 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Maedaيَسۡـَٔلُونَكَ مَاذَآ أُحِلَّ لَهُمۡۖ قُلۡ أُحِلَّ لَكُمُ ٱلطَّيِّبَٰتُ وَمَا عَلَّمۡتُم مِّنَ ٱلۡجَوَارِحِ مُكَلِّبِينَ تُعَلِّمُونَهُنَّ مِمَّا عَلَّمَكُمُ ٱللَّهُۖ فَكُلُواْ مِمَّآ أَمۡسَكۡنَ عَلَيۡكُمۡ وَٱذۡكُرُواْ ٱسۡمَ ٱللَّهِ عَلَيۡهِۖ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ
(तिनीहरू) तपाईसित सोध्छन् कि तिनीहरूका लागि कुन कुन कुराहरू ग्रहण गर्न योग्य छन् । भनिदिनुस् कि सम्पूर्ण पवित्र कुराहरू तिम्रा लागि हलाल छन् । र ती शिकार खेल्न राखिएका पशुहरू पनि जसलाई तिमीले सिकाएर राखेका छौ जुन (तरिकाले) अल्लाहले तिमीलाई (शिकार गर्न) सिकाएको छ, (त्यो तरिकाले) तिमीले सिकाएका छौ भने यदि तिनीहरूले तिम्रो निम्ति शिकार समाति ल्याउँछन् भने त्यसलाई खान सक्छौ र त्यसमाथि अल्लाहको नाम लिने गर । र अल्लाहसित डर मान्ने गर । निःसन्देह अल्लाह छिट्टै हिसाब लिनेवाला छ ।