Surah Al-Maeda Verse 6 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Maedaيَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا قُمۡتُمۡ إِلَى ٱلصَّلَوٰةِ فَٱغۡسِلُواْ وُجُوهَكُمۡ وَأَيۡدِيَكُمۡ إِلَى ٱلۡمَرَافِقِ وَٱمۡسَحُواْ بِرُءُوسِكُمۡ وَأَرۡجُلَكُمۡ إِلَى ٱلۡكَعۡبَيۡنِۚ وَإِن كُنتُمۡ جُنُبٗا فَٱطَّهَّرُواْۚ وَإِن كُنتُم مَّرۡضَىٰٓ أَوۡ عَلَىٰ سَفَرٍ أَوۡ جَآءَ أَحَدٞ مِّنكُم مِّنَ ٱلۡغَآئِطِ أَوۡ لَٰمَسۡتُمُ ٱلنِّسَآءَ فَلَمۡ تَجِدُواْ مَآءٗ فَتَيَمَّمُواْ صَعِيدٗا طَيِّبٗا فَٱمۡسَحُواْ بِوُجُوهِكُمۡ وَأَيۡدِيكُم مِّنۡهُۚ مَا يُرِيدُ ٱللَّهُ لِيَجۡعَلَ عَلَيۡكُم مِّنۡ حَرَجٖ وَلَٰكِن يُرِيدُ لِيُطَهِّرَكُمۡ وَلِيُتِمَّ نِعۡمَتَهُۥ عَلَيۡكُمۡ لَعَلَّكُمۡ تَشۡكُرُونَ
हे मोमिनहरू ! जब तिमीले नमाज पढ्ने विचार गर्छौ तब मुख र कुइनोसमेत हात धुनु र आफ्नो टाउकोको मसह (पानीले हात भिजाई निधारदेखि पछाडिसम्म स्पर्श) गर र आफ्ना खुट्टा गोली गाँठोदेखि छेपारीसम्म धोऊ र यदि तिमी अपवित्र छौ भने स्नान गर र यदि तिमी विरामी छौ वा यात्रामा छौ वा तिमीहरूमध्ये कोही शौचबाट (दिशाबाट निवृत भएर) आएको छ वा तिमीले स्वास्नीसँग सहवास गरेका छौ र तिमीलाई पानी उपलब्ध छैन भने पवित्र माटोलाई स्पर्श गरी हात र मुखको मसह (स्पर्श) गर । अल्लाहले तिमीलाई अप्ठ्यारोमा पार्न चाहँदैन, बरु त्यो तिमीलाई पवित्र गर्न चाहन्छ र आफ्नो असीम कृपा तिमीलाई प्रदान गर्न चाहन्छ जसबाट तिमी कृतज्ञ भई नै रह ।