Surah Al-Maeda Verse 64 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Maedaوَقَالَتِ ٱلۡيَهُودُ يَدُ ٱللَّهِ مَغۡلُولَةٌۚ غُلَّتۡ أَيۡدِيهِمۡ وَلُعِنُواْ بِمَا قَالُواْۘ بَلۡ يَدَاهُ مَبۡسُوطَتَانِ يُنفِقُ كَيۡفَ يَشَآءُۚ وَلَيَزِيدَنَّ كَثِيرٗا مِّنۡهُم مَّآ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ طُغۡيَٰنٗا وَكُفۡرٗاۚ وَأَلۡقَيۡنَا بَيۡنَهُمُ ٱلۡعَدَٰوَةَ وَٱلۡبَغۡضَآءَ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِۚ كُلَّمَآ أَوۡقَدُواْ نَارٗا لِّلۡحَرۡبِ أَطۡفَأَهَا ٱللَّهُۚ وَيَسۡعَوۡنَ فِي ٱلۡأَرۡضِ فَسَادٗاۚ وَٱللَّهُ لَا يُحِبُّ ٱلۡمُفۡسِدِينَ
र यहूदीहरूले भने कि अल्लाहका हात बाँधिएको छ, (तर वास्तवमा) तिनीहरूकै हात बाँधिएको छ । र यस भनाईको कारण तिनीहरू तिरस्कृत भए बरु अल्लाहका दुवै हात खुल्ला छन् । जुन किसिमबाट र जति चाहन्छ खर्च गर्दछ । र (हे मुहम्मद !) यो (कुरआन) जुन तिम्रो पालनकर्ताबाट तिम्रो लागि उतारिन्छ, यसको सन्दर्भमा तिनीहरूमध्ये धेरैको हठपूर्ण विद्रोह र इन्कारमा बृद्धि हुनेछ र हामीले तिनीहरूको आपसी शत्रुता र छलकपट कियामतको दिनसम्मको लागि राखिदिएका छौं । यिनीहरूले जब युद्धको ज्वाला दन्काउँछन्, तब अल्लाहले त्यसलाई निभाइदिन्छ यिनीहरूले धरतीमा उपद्रव र झगडा गर्न दगुरी रहन्छन् र अल्लाहले उपद्रवीहरूलाई प्रेम गर्दैन ।