Surah Al-Maeda Verse 95 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Maedaيَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَقۡتُلُواْ ٱلصَّيۡدَ وَأَنتُمۡ حُرُمٞۚ وَمَن قَتَلَهُۥ مِنكُم مُّتَعَمِّدٗا فَجَزَآءٞ مِّثۡلُ مَا قَتَلَ مِنَ ٱلنَّعَمِ يَحۡكُمُ بِهِۦ ذَوَا عَدۡلٖ مِّنكُمۡ هَدۡيَۢا بَٰلِغَ ٱلۡكَعۡبَةِ أَوۡ كَفَّـٰرَةٞ طَعَامُ مَسَٰكِينَ أَوۡ عَدۡلُ ذَٰلِكَ صِيَامٗا لِّيَذُوقَ وَبَالَ أَمۡرِهِۦۗ عَفَا ٱللَّهُ عَمَّا سَلَفَۚ وَمَنۡ عَادَ فَيَنتَقِمُ ٱللَّهُ مِنۡهُۚ وَٱللَّهُ عَزِيزٞ ذُو ٱنتِقَامٍ
हे मोमिनहरू ! जब तिमी एहरामको अवस्थामा हुन्छौ त्यतिखेर शिकार नगर्नु र तिमीहरूमध्ये जसले जानिजानि (त्यसलाई) हत्या गर्छ भने उसमाथि त्यसको क्षतिपूर्ति त्यस्तै खालको एउटा चौपया हुनेछ । जसलाई तिमीहरूमध्ये दुईजना न्यायप्रिय फैसला गरिदिन्छन् । त्यस्तो पशुलाई कअ्बासम्म (मक्का) पुर्याई कुर्बानी गरियोस् वा खानेकुरा गरिबहरूलाई दिइहालोस् अथवा त्यो बराबर रोजा राखोस् ताकि आफ्नो कर्मको स्वाद चाख्न सकोस् र विगतमा भएका कुरालाई अल्लाहले माफी गरेकोछ र यदि कसैले पुनः यस्तो काम गर्नेछ भने अल्लाह उसलाई दण्डित गर्नेछ र अल्लाह सर्वशक्तिमान र सजाय दिनेवाला छ ।