Surah An-Najm Verse 32 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah An-Najmٱلَّذِينَ يَجۡتَنِبُونَ كَبَـٰٓئِرَ ٱلۡإِثۡمِ وَٱلۡفَوَٰحِشَ إِلَّا ٱللَّمَمَۚ إِنَّ رَبَّكَ وَٰسِعُ ٱلۡمَغۡفِرَةِۚ هُوَ أَعۡلَمُ بِكُمۡ إِذۡ أَنشَأَكُم مِّنَ ٱلۡأَرۡضِ وَإِذۡ أَنتُمۡ أَجِنَّةٞ فِي بُطُونِ أُمَّهَٰتِكُمۡۖ فَلَا تُزَكُّوٓاْ أَنفُسَكُمۡۖ هُوَ أَعۡلَمُ بِمَنِ ٱتَّقَىٰٓ
जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ ।