Surah Al-Anaam Verse 124 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaamوَإِذَا جَآءَتۡهُمۡ ءَايَةٞ قَالُواْ لَن نُّؤۡمِنَ حَتَّىٰ نُؤۡتَىٰ مِثۡلَ مَآ أُوتِيَ رُسُلُ ٱللَّهِۘ ٱللَّهُ أَعۡلَمُ حَيۡثُ يَجۡعَلُ رِسَالَتَهُۥۗ سَيُصِيبُ ٱلَّذِينَ أَجۡرَمُواْ صَغَارٌ عِندَ ٱللَّهِ وَعَذَابٞ شَدِيدُۢ بِمَا كَانُواْ يَمۡكُرُونَ
र जब तिनीहरू सामु कुनै आयत (निशानी) आउँदछ त तिनीहरूले भन्दछन् कि, ‘‘जुन किसिमको रिसालत (दूतत्व) अल्लाहका रसूलहरूलाई दिइएको छ, त्यस्तै रिसालत हामीहरूलाई नदिऊञ्जेल हामीले कदापि ईमान ल्याउने छैनौं’’ । अल्लाहले राम्ररी जान्दछ कि, आफ्नो सन्देश पुर्याउने काम कोबाट लिने र कुन प्रकारले दिने । नजिक छ त्यो समय जब यी अपराधिहरूले आफूले गरेको क्रियाकलापको बदलामा अल्लाहकहाँ अपमानित हुनेछन् र कठोर यातना भोग्नुपर्नेछ ।