Surah Al-Anaam Verse 141 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaam۞وَهُوَ ٱلَّذِيٓ أَنشَأَ جَنَّـٰتٖ مَّعۡرُوشَٰتٖ وَغَيۡرَ مَعۡرُوشَٰتٖ وَٱلنَّخۡلَ وَٱلزَّرۡعَ مُخۡتَلِفًا أُكُلُهُۥ وَٱلزَّيۡتُونَ وَٱلرُّمَّانَ مُتَشَٰبِهٗا وَغَيۡرَ مُتَشَٰبِهٖۚ كُلُواْ مِن ثَمَرِهِۦٓ إِذَآ أَثۡمَرَ وَءَاتُواْ حَقَّهُۥ يَوۡمَ حَصَادِهِۦۖ وَلَا تُسۡرِفُوٓاْۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡمُسۡرِفِينَ
र उही हो जसले धेरै बगैचाहरू उत्पन्न गरायो । टाटी, बान्नो वा थाङ्गरामा चढने लतावाला र छानामाथि नचढने बिना लतावाला पनि । र खजूर र खेती पनि जसबाट विभिन्न प्रकारका खाद्यपदार्थ प्राप्त हुन्छन्, जैतून र अनार पनि जो एक–आपसमा मिल्दछन् र फरक पनि हुन्छन् । यिनीहरूको फल खानु जुन दिन ती फल टिपिन्छ वा काटिन्छ तिनीहरूको भाग (दान) पनि दिनु र सीमाभन्दा अघि नबढ, अल्लाहले सीमादेखि अघि बढ्नेलाई मायाँ गर्दैन ।