Surah Al-Anaam Verse 145 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaamقُل لَّآ أَجِدُ فِي مَآ أُوحِيَ إِلَيَّ مُحَرَّمًا عَلَىٰ طَاعِمٖ يَطۡعَمُهُۥٓ إِلَّآ أَن يَكُونَ مَيۡتَةً أَوۡ دَمٗا مَّسۡفُوحًا أَوۡ لَحۡمَ خِنزِيرٖ فَإِنَّهُۥ رِجۡسٌ أَوۡ فِسۡقًا أُهِلَّ لِغَيۡرِ ٱللَّهِ بِهِۦۚ فَمَنِ ٱضۡطُرَّ غَيۡرَ بَاغٖ وَلَا عَادٖ فَإِنَّ رَبَّكَ غَفُورٞ رَّحِيمٞ
हे नबी, यिनीहरूलाई भन्नुस्ः ‘‘कि, जुन आदेश ममाथि ‘‘वह्य’’ मार्फत उतारिएको छ त्यसमा मैले कुनै चिज त्यस्तो पाउँदिन जुन खानेले खान्छन् तर त्यसललाई वर्जित गरिएको होस् । त्यस बाहेक यदि त्यो मृतक पशु होस् वा बगिरहेको रगत वा सुँगुरको मासु होस् किनभने यी सबै बिल्कुल अपवित्र हुन् वा अर्को कुनै कुरा जुन मर्यादाको खिलाफ होस् । जसमा अल्लाह बाहेक अरु कसैको नाम लिएको हुन्छ, तर विवश भएको अवस्था बाहेक, यस शर्तमा कि बिवशतामा खाने मानिसले स्वादको लागि खाएको नहोस् न त ऊ सीमालाई नै नाघ्ने व्यक्ति छ । तब निश्चय नै तिम्रो पालनकर्ता क्षमादाता र दयावान छ ।