Surah Al-Anaam Verse 19 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaamقُلۡ أَيُّ شَيۡءٍ أَكۡبَرُ شَهَٰدَةٗۖ قُلِ ٱللَّهُۖ شَهِيدُۢ بَيۡنِي وَبَيۡنَكُمۡۚ وَأُوحِيَ إِلَيَّ هَٰذَا ٱلۡقُرۡءَانُ لِأُنذِرَكُم بِهِۦ وَمَنۢ بَلَغَۚ أَئِنَّكُمۡ لَتَشۡهَدُونَ أَنَّ مَعَ ٱللَّهِ ءَالِهَةً أُخۡرَىٰۚ قُل لَّآ أَشۡهَدُۚ قُلۡ إِنَّمَا هُوَ إِلَٰهٞ وَٰحِدٞ وَإِنَّنِي بَرِيٓءٞ مِّمَّا تُشۡرِكُونَ
तपाईले भन्नुस् कि गवाही दिने सबभन्दा ठूलो कुरा के हो । भन्नुस् अल्लाह नै मेरो र तिम्रो बीचमा साक्षी छ र यो कुरआन ममाथि यस कारणले उतारिएको हो कि यसबाट तिमीलाई र जुन–जुन मानिससम्म यो पुग्न सक्तछ ती सबैलाई डर देखाऊँ । के तिमी साँच्चै साक्षी बन्नेछौ कि अल्लाहको साथमा अरु कोही पूजनीय छन् ? (हे मुहम्मद) भनिदिनुस् कि म यस्तो साक्ष्य दिन्न । भनिदिनुस् कि मात्र उही नै एउटा पूजा योग्य छ र जसलाई तिमीहरूले उसको साझेदार ठहराउँछौं, तिनीहरूबाट म निःसन्देह विरक्त छु ।