Surah Al-Anaam Verse 71 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaamقُلۡ أَنَدۡعُواْ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُنَا وَلَا يَضُرُّنَا وَنُرَدُّ عَلَىٰٓ أَعۡقَابِنَا بَعۡدَ إِذۡ هَدَىٰنَا ٱللَّهُ كَٱلَّذِي ٱسۡتَهۡوَتۡهُ ٱلشَّيَٰطِينُ فِي ٱلۡأَرۡضِ حَيۡرَانَ لَهُۥٓ أَصۡحَٰبٞ يَدۡعُونَهُۥٓ إِلَى ٱلۡهُدَى ٱئۡتِنَاۗ قُلۡ إِنَّ هُدَى ٱللَّهِ هُوَ ٱلۡهُدَىٰۖ وَأُمِرۡنَا لِنُسۡلِمَ لِرَبِّ ٱلۡعَٰلَمِينَ
तपाई भन्नुस् कि के हामीले अल्लाह बाहेक, यस्तो कुरालाई गुहारौं जसले न हामीलाई फाइदा गर्न सक्दछ न त नोक्सान । र जब अल्लाहले हामीलाई सहीबाटो देखाइसकेको छ, त के हामी त्यसबाट विमुख भइहालौं ? त्यो मानिस जस्तो जसलाई कि शैतानहरू जंगलमा सही मार्गबाट विचलित गरीदिएका छन् उसले यताउता घुम्दै गर्छ, उसकाकेही साथीहरू पनि छन् र उनीहरू ठीकबाटोतिर बोलाउँछन् कि हाम्रो पासमा आइहाल । भनिदिनुस् कि सहीबाटो त त्यही नै हो जुन हामीलाई अल्लाहले देखाएको छ र हामीलाई त यही आदेश प्राप्त भएको छ कि हामी आफ्नो पालनकर्ताको पूर्णरूपले आज्ञाकारी बनौं ।