Surah Al-Anaam Verse 91 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaamوَمَا قَدَرُواْ ٱللَّهَ حَقَّ قَدۡرِهِۦٓ إِذۡ قَالُواْ مَآ أَنزَلَ ٱللَّهُ عَلَىٰ بَشَرٖ مِّن شَيۡءٖۗ قُلۡ مَنۡ أَنزَلَ ٱلۡكِتَٰبَ ٱلَّذِي جَآءَ بِهِۦ مُوسَىٰ نُورٗا وَهُدٗى لِّلنَّاسِۖ تَجۡعَلُونَهُۥ قَرَاطِيسَ تُبۡدُونَهَا وَتُخۡفُونَ كَثِيرٗاۖ وَعُلِّمۡتُم مَّا لَمۡ تَعۡلَمُوٓاْ أَنتُمۡ وَلَآ ءَابَآؤُكُمۡۖ قُلِ ٱللَّهُۖ ثُمَّ ذَرۡهُمۡ فِي خَوۡضِهِمۡ يَلۡعَبُونَ
र तिनीहरूले अल्लाहको जुन रूपमा आदर गर्न जान्नु पर्दथ्यो, त्यो जानेनन् । जब तिनीहरूले भने कि अल्लाहले मानिसमाथि केही पनि उतारेको छैन । भन्नुस् कि जुन किताब मुसाले लिएर आएका थिए, त्यसलाई कसले प्रदान गरेको छ, यसको विशेषता हो कि यो मानिसहरूको निम्ति प्रकाश र मार्गदर्शन हो र जसलाई तिमीहरूले अलग–अलग पानामा राखिराखेका छौ, त्यसका केही भागलाई त प्रकट गर्दछौ र धेरैलाई लुकाउँछौ । तिमीहरूलाई ती धेरै कुराहरू सिकाइयो जसलाई कि न तिमी जान्दथ्यौ र न त तिम्रा ठूलाबडाले । भनिदिनुस् कि (यस किताबलाई) अल्लाहले नै उतारेको छ यसर्थ तिनीहरूलाई उनको तुच्छ कुराहरूको बक्वासमा खेलिराख्न दिनुस् ।