Surah Al-Araf Verse 150 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Arafوَلَمَّا رَجَعَ مُوسَىٰٓ إِلَىٰ قَوۡمِهِۦ غَضۡبَٰنَ أَسِفٗا قَالَ بِئۡسَمَا خَلَفۡتُمُونِي مِنۢ بَعۡدِيٓۖ أَعَجِلۡتُمۡ أَمۡرَ رَبِّكُمۡۖ وَأَلۡقَى ٱلۡأَلۡوَاحَ وَأَخَذَ بِرَأۡسِ أَخِيهِ يَجُرُّهُۥٓ إِلَيۡهِۚ قَالَ ٱبۡنَ أُمَّ إِنَّ ٱلۡقَوۡمَ ٱسۡتَضۡعَفُونِي وَكَادُواْ يَقۡتُلُونَنِي فَلَا تُشۡمِتۡ بِيَ ٱلۡأَعۡدَآءَ وَلَا تَجۡعَلۡنِي مَعَ ٱلۡقَوۡمِ ٱلظَّـٰلِمِينَ
र जब मूसा(अलैहिस्सलाम) आफ्नो जातितिर रिस र दुःखको अवस्थामा फर्केर आए त भन्न थालेः ‘‘तिमीहरूले मेरो अनुपस्थितिमा साह्रै नराम्रो काम गर्यौ । के तिमीहरूले आफ्नो पालनहारको आदेशभन्दा पहिला नै हतार गरिहाल्यौ ?’’ अनि छिटै पाटीहरू एकातिर राखे र आफ्नो भाइको टाउको समाति आफूतिर घिसारेर तान्नथाले । हारूनले भने कि हे मेरी आमाको छोरा ! यिनीहरूले मलाई कमजोर ठानेर झण्डै मारिदिन चाहन्थे, तसर्थ तपाई शत्रुहरूबाट ममाथि उपहास नगराउनुस् र मलाई यी अत्याचारीहरूमध्येको नठान्नुस् ।