Surah Al-Araf Verse 46 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Arafوَبَيۡنَهُمَا حِجَابٞۚ وَعَلَى ٱلۡأَعۡرَافِ رِجَالٞ يَعۡرِفُونَ كُلَّۢا بِسِيمَىٰهُمۡۚ وَنَادَوۡاْ أَصۡحَٰبَ ٱلۡجَنَّةِ أَن سَلَٰمٌ عَلَيۡكُمۡۚ لَمۡ يَدۡخُلُوهَا وَهُمۡ يَطۡمَعُونَ
ती दुवै समूहको बीचमा एउटा परदा (आवरण) हुनेछ र आराफमाथि धेरै मानिसहरू हुनेछन् । यिनीहरूले सबैलाई तिनका अनुहारबाट नै चिन्ने छन् र तिनीहरूले जन्नतवालाहरूलाई ठूलो स्वरमा पुकारेर भन्ने छन् कि, ‘‘तिमीमाथि शान्ति होस् ।’’ यी मानिसहरू अझै जन्नतमा प्रवेश पाएका हुँदैनन् तर त्यसको उम्मीदवार हुनेछन् ।