Surah Al-Araf Verse 57 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Arafوَهُوَ ٱلَّذِي يُرۡسِلُ ٱلرِّيَٰحَ بُشۡرَۢا بَيۡنَ يَدَيۡ رَحۡمَتِهِۦۖ حَتَّىٰٓ إِذَآ أَقَلَّتۡ سَحَابٗا ثِقَالٗا سُقۡنَٰهُ لِبَلَدٖ مَّيِّتٖ فَأَنزَلۡنَا بِهِ ٱلۡمَآءَ فَأَخۡرَجۡنَا بِهِۦ مِن كُلِّ ٱلثَّمَرَٰتِۚ كَذَٰلِكَ نُخۡرِجُ ٱلۡمَوۡتَىٰ لَعَلَّكُمۡ تَذَكَّرُونَ
र ऊ नै हो जसले आफ्नो अनुकम्पा (बर्षा) भन्दा अगाडी वायुलाई शुभसूचनाको रूपमा पठाउँदछ । यहाँसम्म कि जब त्यसले ठूला–ठूला बादलहरूलाई उचालेर ल्याउँछ तब हामीले त्यसलाई एउटा कुनै सुख्खा भू–भागतिर पठाइदिन्छौ । त्यसपछि बादलहरूबाट बृष्टि गराउँछौ, अनि त्यस बर्षाको जलबाट थरि–थरिका फल उत्पन्न गर्दछौं । यसै प्रकार हामीले मृतकहरूलाई (जीवित पारी) बाहिर निकाल्ने छौं । आशा छ कि तिमीले सदुपदेश ग्रहण गर्नेछौ ।