Surah Al-Anfal Verse 41 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anfal۞وَٱعۡلَمُوٓاْ أَنَّمَا غَنِمۡتُم مِّن شَيۡءٖ فَأَنَّ لِلَّهِ خُمُسَهُۥ وَلِلرَّسُولِ وَلِذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱبۡنِ ٱلسَّبِيلِ إِن كُنتُمۡ ءَامَنتُم بِٱللَّهِ وَمَآ أَنزَلۡنَا عَلَىٰ عَبۡدِنَا يَوۡمَ ٱلۡفُرۡقَانِ يَوۡمَ ٱلۡتَقَى ٱلۡجَمۡعَانِۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
जानिराख कि गनीमतको रूपमा जे–जति माल तिमीले प्राप्त गर्दछौ, त्यसको पाँचौ भाग अल्लाहको र रसूलको र नातेदारहरूको र अनाथहरू र निमुखाहरूको र यात्रीहरूको हो, यदि तिमी अल्लाहमाथि र त्यस कुरोमाथि आस्था राख्दछौ, जुन हामीले आफ्नो भक्तमाथि त्यस दिन उतार्यौं, जुन दिन सत्य र असत्यबीच सम्बन्ध–विच्छेदको थियो, जुन दिन दुवै सेनाहरूबीच भिडन्त भयो, र अल्लाहलाई प्रत्येक कुरोमाथि सामथ्र्य प्राप्त छ ।